ताजा समाचार

रोल्पाको लक्ष्मी मोबाइल सेन्टरमा आगलागी हुँदा करिब ७० लाख रुपैयाँ बराबरको क्षति

रोल्पाको लक्ष्मी मोबाइल सेन्टरमा आगलागी हुँदा करिब ७० लाख रुपैयाँ बराबरको क्षति
सांकेतिक तस्बिर
Global IME Bank

रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ स्थित रुइनिबाङ बजारमा रहेको लक्ष्मी मोबाइल सेन्टरमा आगलागी हुँदा करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट पसलभित्र रहेका विभिन्न कम्पनीका मोबाइल फोन तथा मोबाइल मर्मतमा प्रयोग हुने उपकरण र पार्टपुर्जा पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

सुनिलस्मृति गाउँपालिका–३ रुइनिबाङ बजारमा स्थानीय विकास गुप्ताले सञ्चालन गर्दै आएको लक्ष्मी मोबाइल सेन्टरमा आइतबार राति करिब २ः३० बजे अचानक आगलागी भएको थियो । आगलागीबारे इलाका प्रहरी कार्यालय सुलिचौर, रोल्पामा बिहान ३ः३० बजे सूचना प्राप्त भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरीक्षक अनिल कुमार चौधरीको कमान्डमा सात जना प्रहरीको टोली घटनास्थलतर्फ खटिएको थियो । प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा बिहान ४ः०० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।

आगलागीका कारण पसलभित्र बिक्रीका लागि राखिएका विभिन्न ब्रान्डका मोबाइल फोन, मोबाइल मर्मतका लागि प्रयोग गरिने पार्टपुर्जा तथा अन्य सामग्री जलेर नष्ट भएको बताइएको छ । प्रारम्भिक विवरणअनुसार घटनाबाट करिब ७० लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ।

Sajilo Visa
easy care