
काठमाडौं ।
काठमाडौं । अमेरिकामा आधारित ईकमर्श जायन्ट अमेजनले आफ्नो नयाँ क्याम्पस भारतको हैदराबादमा खोलेको छ । कम्पनीले यहाँ संचालन गरेको क्याम्पस विश्वको सबैभन्दा ठूलो हो जहाँ करिब १५ हजार भारतीय कामदारहरुले एकै पटक काम गर्नेछन् ।
सो क्याम्पस भवनमा पेरिसको आईफेल टावरमा प्रयोग भएको भन्दा करिब २.५ गुणँ बढि स्टील प्रयोग गरिएको बताईएको छ जून भवन ९.५ एकड जमिनमा फैलिएकोछ ।
अमेजनको नयाँ क्याम्पसमा १.८ मिलियन स्क्वायर फीट अफिस क्षेत्र छ भने ३ मिलियन स्क्वायर फीटको निर्माण क्षेत्र रहेको छ ।
क्षेत्रफल ओगटेको आधारमा यो अमेजनको विश्वभर रहेका भवनहरुमध्ये सबैभन्दा ठूलो एरिया भएको अमेजनका ग्लोबल रिटेल स्टेट एण्ड फ्यासिलिटीज भाइस प्रेसिडेन्ट जोन सोट्लरले बताए ।
उनकाअनुसार हैदराबादमा ४ मिलियन स्क्वायरफीटको क्षेत्र भएको ८ वटा कार्यालय भवनहरु छन् । र केहि कर्मचारीहरुलाई नयाँ सुविधामा लैजाने बताए । नयाँ क्याम्पसमा हाल ४५ सय कर्मचारीहरुले काम गर्नेछन् ।
यो अमेरिका भन्दा बाहिर अमेजनले नै बनाएको र स्वामित्व दिएको पहिलो र एक मात्र क्याम्पस हो । हाल भारतमा अमेजनका लागि ६३ हजार पूर्णकालिन कर्मचारीहरु रहेका छन् ।
सन् २०१६ मार्चदेखि निर्माण गर्न शुरु गरिएको सो क्याम्पस भवन करिब ३९ महिनापछि सम्पन्न भएको हो ।
अमेजनले भारतमा आफ्नो बजार दिनप्रतिदिन बढिरहेको बताएको छ । कम्पनीले भारतमा अझै ईकमर्शको व्यवसाय सानो स्तरमा रहेको र त्यो बढ्ने बताएको छ ।
अमेजनको विश्वभरको प्लेटफर्ममा १४० मिलियन आइटमहरु बिक्रीका लागि उपलब्ध भएको जनाएको छ । एजेन्सी
प्रकाशित: ५ भाद्र २०७६, बिहीबार