
काठमाडौं ।
काठमाडौं । चिनियाँ टेक जायन्ट शाओमीले करिब २ महिना अगाडि मात्र एमआई ब्याण्ड ४ लन्च गरेको थियो । अब भने कम्पनीले पुन त्यसको अपग्रेड भर्सन ल्याउन लागेको रिपोर्ट आएको छ ।
कम्पनीले यसअघि नै नेक्स्ट जेनेरेशनको शाओमी एमआई ब्याण्ड ५ का लागि काम गरिरहेको जानकारी दिएको छ । हुवामी फाइनान्सियल रिपोर्टिंग कन्फ्रेन्समा हुआमीका सिईओ ह्वांङ्ग वाङ्ग ले शाओमीले ब्याण्ड ५ विकास गरिरहेको दाबी गरे ।
‘साँच्चिकै भन्ने हो भने हामी एमआई ब्याण्ड ५ शाओमीसँग मिलेर विकास गरिरहेका छौं… तर हामीसँग यहि निश्चित समय भने थाहा छैन कि कहिले एमआई ब्याण्ड ५ लन्च हुन्छ, तर हामीले यसअघि नै ब्याण्ड ५ को लागि काम शुरु गरिसकेका छौं,’ उनले भने ।
उनकाअनुसार हालै मात्र एमआई ब्याण्ड ४ लन्च भएको हुँदा संभवत अर्को वर्ष मात्र एमआई ब्याण्ड ५ लन्च हुनेछ ।
शाओमीको एमआई ब्याण्ड ४ मा कम्पनीले पहिलो पटक ओएलईडी डिस्प्ले प्रयोग गरेको छ । यसबाहेक यसमा ब्लूटूथ ५.०, सुधार गरिएको ब्याट्री, जीपीएस, चार्जिंग, र वाटरप्रुफ रहेको छ ।
शाओमीले ब्याण्ड ४ लन्च गरेको एक साताभित्रै कम्पनीले १० लाख यूनिट शिपमेन्ट गर्न सफल भएको थियो । र यो शाओमी ब्याण्डका लागि अहिलेसम्मकै सबैभन्दा राम्रो बिक्री रेकर्ड हो ।
प्रकाशित: ५ भाद्र २०७६, बिहीबार