
काठमाडौं ।
काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा आधारित स्टार्टअपले विश्वको सबैभन्दा ठूलो कम्प्यूटर चीप सार्वजनिक गरेको छ ।
वेफर स्केल इन्जिन नामक सो चीप सेरेब्रास सिस्टमले डिजाइन गरेको हो जून आईप्याडको साइज भन्दा पनि ठूलो रहेको छ ।
सो संस्थाले एउटै चीपले कम्प्लेक्स आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) सिस्टमअन्तरगत ड्राइभरलेस कारदेखि सर्भिलेन्स सफ्टवेयरसम्म संचालन गर्न सकिने बताएको छ ।
पछिल्लो दिनहरुमा कम्प्यूटर चीप्स साना साना हुँदै गएका र तिब्रगतिले काम गर्ने गरेका छन् । एउटा सिलिकन वेफरमा दर्जनौं चीपहरु सामान्यतया उत्पादन गर्न सकिन्छ । जसलाई एक आपसमा छुट्टा छुट्टै प्रयोग गर्न पनि सकिन्छ ।
सेरेब्रासको नयाँ चीपमा ४ लाख कोरहरु रहेका छन र ती सबै एकआपसमा हाईब्याण्ड कनेक्सनमार्फत जोडिएका छन् ।
कम्पनीले यसले जटिल मेसिन लर्निंग चुनौतीहरुलाई कम समयमा र न्यून पावरमा नै समाधान गर्न सकिने सुझाव दिएको छ ।
वेफर स्केल इन्जिनले केहि जटिल डाटाहरुको प्रोसेसलाई केहि महिनाबाट केहि मिनेटमा घटाउन सक्ने दाबी गरेको छ ।
कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी एन्ड्र्यू फिल्डम्यानले चीपको साइजलाई सिमित गरिरहेको दशकौंदेखिको पुरानो टेक्निकल चुनौतीहरुलाई पार गर्दै यसलाई तयार पारिएको बताए ।
कम्पनीले सिमित संख्याका ग्राहकहरुलार्य सो हार्डवेयर उपलब्ध गराउन शुरु गरिसकेको छ । तर यसको मूल्य कति पर्नेछ भन्ने जानकारी छैन् । बीबीसी
प्रकाशित: ४ भाद्र २०७६, बुधबार