आर्थिक वर्ष २०८२/८३ मा विभिन्न फिसिङ वेबसाइटसहित २६ वटा बेटिङ एपहरू बन्द

  • Technology Khabar | १९ कार्तिक २०८३, बिहीबार
आर्थिक वर्ष २०८२/८३ मा विभिन्न फिसिङ वेबसाइटसहित २६ वटा बेटिङ एपहरू बन्द

काठमाडौं ।

आर्थिक वर्ष २०८२/८३ मा नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न फिसिङ वेबसाइट सहित २६ वटा बेटिङ एपहरू बन्द गराएको छ।

प्राधिकरणले हालै सार्वजनिक गरेको उक्त अवधिको प्रतिवेदन अनुसार संस्थाले निर्वाचन आयोग नेपालको अनुरोधमा निर्वाचन आचार संहिता, २०८२ को निर्देशन तथा निर्णयहरु उल्लघन हुने कार्य गरेका वेबसाइटहरू बन्द गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको थियो।

प्राधिकरणले नेपाल क्लियरिङ् हाउस लिमिटेडको अनुरोधमा कनेक्ट आईपीएससँग सम्बन्धित फिसिङ वेबसाइटहरू बन्द गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको थियो।

यस्तै नेपाल प्रेस काउन्सिलको आग्रहमा नियमानुसार दर्ता नभएका वा कानूनको उल्लंघन गरेका न्युज पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था मिलाउन सेवा प्रदायकहरूलाई निर्देशन दिएको थियो।

नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था मिलाउन सेवा प्रदायकहरूलाई निर्देशन दिएका न्युज पोर्टलहरुमध्ये नियमानुसार दर्ता हुन आएका र त्यस्ता न्युज पोर्टल नेपालभित्र सम्प्रेषण हुन सक्ने व्यवस्था मिलाउन नेपाल प्रेस काउन्सिलबाट लेखि आए बमोजिम सेवा प्रदायकहरूलाई निर्देशन दिँदै आएको छ।

नेपाल सरकारको निर्णय बमोजिम सट्टेबाजी एप (बेटिङ एप) र त्यस सम्बन्धी वेबसाइटहरु बन्द गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन जारी गरिएको थियो। प्राधिकरणको निर्देशन बमोजिम प्रमुख सेवा प्रदायकहरूबाट करिब २ लाख वेबसाइट लिङ्क/यूआरएलहरु बन्द गरिएको प्रतिवेदनमा उल्लेख छ।

बेटिङ साइट लगायत फिसिङ साइटहरू बन्द भए नभएको  नियमित अनुमगन गर्ने कार्य हुँदै आएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले बन्द गर्न निर्देशन दिएका २६ वटा बेटिङ एप तथा साइटहरू 

वान एक्स बेट बेट विनर पारीम्याच स्टेक मेलबेट
आइस फिसिङ मेलबेट मेगापारी बेट ३६५ ८८८ स्टार्ज लाइनबेट
क्रिकएक्स जुवा ३६५ फोराबेट दाफाबेट २२ बेट
भेगास स्वीप्स ओरायन स्टार्स गेम भल्ट फायर किरिन वान विन
पान्डा मास्टर हिमा बेट ग्यामडम डटकम फोरबेट मोस्टबेट
इभो बेट

प्रकाशित: १९ कार्तिक २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार