आईफोन डुओको आपूर्ति समस्या कहिले समाधान हुन्छ भन्ने पक्का नभएको एप्पलको धारणा

  • Technology Khabar | १९ कार्तिक २०८३, बिहीबार
आईफोन डुओको आपूर्ति समस्या कहिले समाधान हुन्छ भन्ने पक्का नभएको एप्पलको धारणा

काठमाडौं ।

एप्पलका प्रमुख सञ्चालन अधिकृत (सीओओ) सबिह खानले सोमबार कम्पनीको आर्थिक वर्षको चौथो त्रैमासिकको आम्दानीसम्बन्धी छलफलका क्रममा नयाँआईफोन डुओ को आपूर्तिमा देखिएको ढिलाइ स्वीकार गरेका छन्। तर ग्राहकले यो समस्या कहिलेसम्म समाधान हुने अपेक्षा गर्न सक्छन् भन्नेबारे उनले स्पष्ट जानकारी दिन सकेनन्।

टेकक्रञ्चका अनुसार आपूर्तिमा देखिएको ढिलाइ आम्दानीसम्बन्धी छलफलका क्रममा उठेका विभिन्न चिन्तामध्ये एक थियो। कृत्रिम बुद्धिमता उद्योगको बढ्दो मागका कारण मेमोरी चिपको मूल्य बढिरहेको विषयमा पनि छलफलका क्रममा धेरै प्रश्न उठेका थिए।

“आईफोन डुओको आपूर्ति अहिले पनि सीमित छ। यसको उत्पादन विस्तार राम्रोसँग भइरहेको छ र यो नयाँ तथा क्रान्तिकारी उत्पादन सकेसम्म छिटो ग्राहकको हातमा पुर्‍याउन हामी कडा मेहनत गरिरहेका छौँ। तर अहिले माग र आपूर्तिबीच सन्तुलन कहिले कायम हुन्छ भनेर अनुमान गर्न निकै कठिन छ,” खानले भने।

एप्पल स्टोरमा लाइन बसेर फोन नकिनेका वा अग्रिम अर्डर खुल्नेबित्तिकै अर्डर नगरेका ग्राहकले अहिले फोनको डेलिभरीका लागि अर्को वर्षसम्म कुर्नुपर्ने अवस्था देखिएको छ। यसैबीच, भेरिजोनले पनिआईफोन डुओ को प्रि-अर्डर ढिलाइ भएको भन्दै आफ्ना ग्राहकसँग माफी मागेको छ। उसले क्षतिपूर्तिस्वरूप गिफ्ट कार्ड उपलब्ध गराइरहेको छ।

अक्टोबरमा फाइनान्सियल टाइम्समा प्रकाशित एक रिपोर्टमा एप्पललेआईफोन डुओ को मागलाई “असाधारण” भनेको थियो। बिक्री सुरु भएको केही घण्टामै कम्पनीको वेबसाइटमा यो डिभाइसको स्टक सकिएपछि डेलिभरीको मिति अर्को वर्षसम्म पुगेको थियो।

एप्पल आफ्नो प्रभावकारी आपूर्ति व्यवस्थापन प्रणालीका लागि परिचित भए पनि लामो समयसम्म डेलिभरीमा भइरहेको ढिलाइ उल्लेखनीय छ। तर आपूर्ति समस्याको सामना गर्ने एप्पल एक्लो कम्पनी भने होइन। कृत्रिम बुद्धिमता उद्योगबाट मेमोरी चिपको माग अत्यधिक बढेपछि विभिन्न हार्डवेयर उत्पादकका लागि आवश्यक सामग्रीको लागत बढेको छ। यसले उपकरणको मूल्य अझै बढ्न सक्ने जोखिम निम्त्याएको छ।

खानले छलफलका क्रममा एप्पलले पनि आफ्ना विभिन्न उत्पादनको मूल्य बढाएको बताए। तर यस्ता निर्णय आफूहरूले “अनिच्छापूर्वक” गरेको उनको भनाइ थियो।

आईफोन डुओको माग पूरा गर्न एप्पलले गरिरहेको प्रयासको अर्को संकेतस्वरूप कम्पनीले नयाँ फोल्ड गर्न मिल्ने डिभाइसका लागि टाइटानियम आपूर्ति गर्ने उत्पादक पेरिम्यानसँगको साझेदारी थप विस्तार गरिरहेको जनाएको छ।

एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जोन टर्नसले प्रारम्भिक मन्तव्यका क्रममा समीक्षक र ग्राहकबाट प्राप्त प्रतिक्रियाप्रति आफूहरू उत्साहित रहेको बताए। “आईफोन डुओसकेसम्म छिटो ग्राहकको हातमा पुर्‍याउन हामी कडा मेहनत गरिरहेका छौँ,” उनले भने।

प्रकाशित: १९ कार्तिक २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार