काठमाडौं ।
एआईसम्बन्धी डाटा केन्द्रहरुले मेमोरी चिपको आपूर्ति प्रयोग गर्न थालेपछि आगाामी वर्षहरुमा स्मार्टफोनको मुल्य झन बढ्ने देखिएको छ।
स्यान्डिस्कका अनुसार सन् २०२८ सम्मको आफ्नो उत्पादन क्षमताको करिब दुई तिहाई हिस्सा दिर्घकालिन सम्झौता मार्फत बुक भईसकेको छ।
टेलिग्राफका अनुसार यसले एप्पल सामसङजस्ता कम्पनीलाई आवश्यक चिप उपलब्ध गराउन थप चुनौति निम्त्याउन सक्ने देखिएको छ।
सन् २०२७ सम्म मेमोरी चिपको माग आपुर्तिभन्दा दोब्बर बढ्ने अनुमान गरिएको छ। यसको प्रत्यक्ष असर उपभोक्ताले खरिद गर्ने फोनको मुल्यमा देखिने छ।
अनुमानका अनुसार, सामसङ ग्यालेक्सी एस२७ अल्ट्राको मुल्य करिब १५०० डलर पुग्न सक्छ भने बढी मेमोरी भएको डिभाइसको २००० डलर भन्दा माथि जान सक्छ।
प्रकाशित: १८ कार्तिक २०८३, बुधबार