स्वीडेनमा सरकारी कम्युटरमा च्याटजीपीटि र क्लाउड प्रयोगमा प्रतिबन्ध

  • Technology Khabar | ११ कार्तिक २०८३, बुधबार
स्वीडेनमा सरकारी कम्युटरमा च्याटजीपीटि र क्लाउड प्रयोगमा प्रतिबन्ध

काठमाडौं ।

स्वीडेन सरकारले सुरक्षा तथा संवेदनशील तथ्यांकको प्रशोधन सम्बन्धी चिन्ताका कारण ब्राउजरमार्फत च्याटजीपीटि र क्लाउड प्रयोग गर्न नपाउने व्यवस्था गरेको छ। सरकारी सूचनाको सुरक्षा बलियो बनाउने उदेश्उ सहित अक्टोबर २६ देखि यो प्रतिबन्ध लागू गरिएको हो।

यस अघि स्वीडेनको यातायात प्रशासनका कर्मचारीले कृत्रिम बुद्धिमत्ता प्रयोग गर्ने विषयमा गरिएको समीक्षापछि सरकारले यस्तो निर्णय लिएको हो। सरकारी कामका समयमा एआई प्लेटफर्महरुको प्रयोगमा केही ‘समस्याग्रस्त’ कार्यहरु पहिचान गरिएको थियो।

स्वीडेनको सरकारी कार्यलयका डिजिटललाइजेसन निर्देशक मिकेल वेटरक्रान्टजले यस्ता सम्झौताले समेट्न नसकेका प्लेटफर्म प्रयोग गर्दा सूचना सुरक्षामा असर पर्न सक्ने चेतावनी दिएका छन्।

सरकारले वैकल्पिक रुपमा माइक्रोसफ्टको कोपाइलट प्रयोग गर्न सिफारिस गरेको छ। उक्त उपकरणले सुरक्षा समीक्षाको प्रक्रिया पुरा गरेको र अमेरिकी कम्पनी माइक्रोसफ्ट तथा स्वीडेन सरकारबीच भएको सम्झौताले यसको प्रयोगलाई समेटेको छ।

यो प्रतिबन्धले सरकारी कर्मचारीले आफ्नो काममा एआई प्रयोग गर्नै नपाउने भन्ने होइन।

अब यसको प्रयोगमा थप कडा सुरक्षा नियन्त्रण लागु गरिने छ। सीमित संख्याका कर्मचारीले भने सरकारी अधिकारीहरुले विकास गरेको एआई प्लेटफर्ममार्फत च्याटजीपीटि र क्लाउड प्रयोग गर्न पाउनेछन्।

स्वेरिजेस रेडियोको अनुसार स्वीडेनको कर निकाय र राष्ट्रिय संस्थागत हेरचाह बोर्डले पनि च्याटजीपीटि र क्लाउडको प्रयोगमा यस्तै प्रतिबन्ध लगाएका छन्। स्वीडेनको प्रवर्तन प्राधिकरणले पनि यस विषयमा समीक्षा गरिहेको छ।

टेलिग्राफका अनुसार, तथ्यांक सुरक्षा सम्बन्धी चिन्ताका कारण स्वीडेन सरकारले स्वीकृति नदिएका एआई उपकरणका सुचीमा च्याटजीपीटि र क्लाउड सगैँ चीनको डिपसीक पनि परेको छ। गत साता अमेरिकाले पनि चिनियाँ एआई कम्पनीका उत्पादन तथा सेवामाथि प्रतिवन्ध लगाउने घोषणा गरेको छ।

प्रकाशित: ११ कार्तिक २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार