काठमाडौं ।
भिभोले १० हजार एमएएच क्षमताको ब्याट्री र ६.८३ इन्चको डिस्प्लेसहित नयाँ स्मार्टफोन भिभो वाई६०० सार्वजनिक गरेको छ।
कम्पनीले घोषणा गरेअनुसार यो फोन चीनमा प्रि–अर्डरका लागि उपलब्ध भइसकेको छ। यसको खुला बिक्री भने अक्टोबर ३० देखि सुरु हुने अनुमान गरिएको छ।
फोनमा रहेको १० हजार एमएएच क्षमताको ब्याट्रीले ब्याट्री टिकाउ क्षमतासम्बन्धी गिनिज वर्ल्ड रेकर्डसमेत कायम गरेको छ। गिनिज वर्ल्ड रेकर्ड्सको परीक्षणअनुसार फोनले लगातार लाइभ प्रसारण गर्दा ३२ घण्टा ३७ मिनेटसम्म काम गरेको थियो।
टेलिग्राफका अनुसार भिभो वाई६०० मा १२० हर्ज रिफ्रेस रेटसहितको ६.८३ इन्चको एमोलेड डिस्प्ले दिइएको छ। फोनमा मिडियाटेक डाइमेन्सिटी ७३००ई चिपसेट प्रयोग गरिएको छ।
फोटोग्राफीका लागि यसमा ५० मेगापिक्सेलको मुख्य रियर क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट सेल्फी क्यामेरा रहेको छ।
फोनमा डिस्प्लेमुनि फिङ्गरप्रिन्ट स्क्यानर, एनएफसी सपोर्ट तथा पानीबाट सुरक्षित रहन आईपी६८ रेटिङ उपलब्ध छ।
भिभो वाई६०० डायमन्ड गोल्ड, अब्सिडियन ब्ल्याक र सफायर ब्लु गरी तीन रङमा उपलब्ध हुनेछ।
प्रकाशित: १० कार्तिक २०८३, मंगलवार