काठमाडौं ।
हुन्डाई टक्सनको पाँचौँ पुस्ताको नयाँ मोडलले दक्षिण कोरियामा पहिलो दिनमै १५ हजार ४५ वटा अग्रिम बुकिङ प्राप्त गरेको छ। यसले सन् २०२० मा अघिल्लो मोडलले एकै दिनमा प्राप्त गरेको १० हजार ८४२ बुकिङको रेकर्ड तोडेको हो।
टेलिग्राफका अनुसार नयाँ मोडलमा पूर्ण रूपमा नयाँ डिजाइन, ठूलो आकार र आधुनिक क्याबिन दिइएको छ। यसमा मल्टिमिडिया स्क्रिनका साथै भौतिक बटन तथा नियन्त्रण प्रणाली पनि राखिएको छ।
यसबीच, हाल बजारमा उपलब्ध टक्सनको बिक्री पनि राम्रो रहेको छ। सन् २०२६ मा यसको बिक्री १ लाख ८१ हजार ६८७ युनिट पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशत बढी हो।
नयाँ हुन्डाई टक्सन सन् २०२६ को अन्त्य वा सन् २०२७ को सुरुवातमा बजारमा आउने अपेक्षा गरिएको छ। यसको आधिकारिक मूल्य भने सार्वजनिक गरिएको छैन।
प्रकाशित: ९ कार्तिक २०८३, सोमबार