वनप्लस एस ७ सिरिज चाँडै सार्वजनिक हुँदै, गुगल प्लेमा देखियो

  • Technology Khabar | ३ कार्तिक २०८३, मंगलवार
वनप्लस एस ७ सिरिज चाँडै सार्वजनिक हुँदै, गुगल प्लेमा देखियो

काठमाडौं ।

प्रमुख चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ‘वनप्लस’ले छिट्टै नयाँ स्मार्टफोन सिरिज सार्वजनिक गर्न सक्छ। ‘वनप्लस एस ७’ (OnePlus Ace 7) सिरिजमा आधारभूत मोडेलका साथै ‘प्रो’ भेरियन्ट-‘वनप्लस एस ७ प्रो’ (OnePlus Ace 7 Pro) समावेश हुने अपेक्षा गरिएको छ।

यद्यपि, वनप्लसले आधिकारिक रूपमा यस सिरिजको पुष्टि गरिसकेको छैन।

‘वनप्लस एस ७’ र ‘वनप्लस एस ७ प्रो’ गुगल प्लेको समर्थित डिभाइसहरूको सूचीमा देखिएका छन्। ‘वनप्लस एस ७’ को मोडेल नम्बर PYF110 हो भने ‘वनप्लस एस ७ प्रो’ को मोडेल नम्बर PMS110 रहेको छ। तर, यस सूचीमा यी स्मार्टफोनहरूको प्राविधिक विशेषता बारे कुनै विवरण दिइएको छैन। यी फोनहरू यसै महिनाको अन्त्यतिर चीनमा सार्वजनिक हुने अपेक्षा गरिएको छ।

हालै, ‘वनप्लस एस ७’ र ‘वनप्लस एस ७ प्रो’ दुवै बेन्चमार्किङ प्लेटफर्म ‘गिकबेन्च’ मा देखिएका थिए। ‘वनप्लस एस ७ प्रो’ ले सिंगल-कोर परीक्षणमा ३,११२ अंक र मल्टि-कोर परीक्षणमा १०,४५१ अंक प्राप्त गरेको छ। ‘वनप्लस एस ७’ सिरिजमा नयाँ ‘थर्मल म्यानेजमेन्ट सिस्टम’ (ताप व्यवस्थापन प्रणाली) हुन सक्छ; विशेष गरी ‘वनप्लस एस ७’ मा ठूलो ‘एक्टिभ कुलिङ फ्यान’ समावेश हुन सक्छ। यसले चिपसेट र अन्य मुख्य कम्पोनेन्टहरूबाट निस्कने तातोलाई बाहिर निकाल्न मद्दत गर्नेछ, जसले गर्दा गेमिङजस्ता भारी कामहरू गर्दा अत्यधिक तातोका कारण फोनको कार्यक्षमतामा आउने कमीलाई कम गर्न सकिन्छ।

‘वनप्लस एस ७’ मा १८५ हर्जसम्मको रिफ्रेस रेट भएको डिस्प्ले र ९,००० एमएएच क्षमताको ब्याट्री रहने अपेक्षा गरिएको छ। यसमा क्वालकमको ‘स्न्यापड्रागन ८ एलिट जेन ५’ (Snapdragon 8 Elite Gen 5) चिपसेटको कस्टम भर्सन प्रयोग हुन सक्छ। साथै, यस डिभाइसको पछाडिको क्यामरा सेटअपमा ५० मेगापिक्सेलको ‘पेरिस्कोप टेलिफोटो लेन्स’ समावेश हुन सक्छ।

प्रकाशित: ३ कार्तिक २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार