एप्पलद्वारा नयाँ स्मार्ट होम कलेक्सन सार्वजनिक

  • Technology Khabar | ३० आश्विन २०८३, शुक्रबार
एप्पलद्वारा नयाँ स्मार्ट होम कलेक्सन सार्वजनिक
फाइल तस्बिर

काठमाडौं ।

एप्पलले घरमा प्रयोग हुने विभिन्न उपकरणहरुलाई व्यवस्थापन गर्ने उदेश्य सहित एप्पल होम कलेक्सन स्मार्ट होम उपकरण सार्वजनिक गरेको छ।

घरभित्र र बाहिर प्रयोग गर्न मिल्ने क्यामेरा, स्मार्ट डोरबेल, थर्मोस्ट्याट समावेस छन्। यी उपकरणहरु एलजी इलेक्ट्रोनिक्स र स्नाइडर इलेक्ट्रिकसँगको सहकार्यमा विकास गरिएका हुन्।

प्रयोगकर्ताले एप डाउलोड गर्न वा छुट्टै खाता बनाउनु पर्ने झन्झटबिना घरका उपकरणहरु नियन्त्रण गर्न सक्नेछन्।

क्यामरा सिस्टममा चारवटा मोडल छन्। जसले २.५ के रिजोल्यूसनमा भिडियो रेकर्ड गर्न सक्छ्। परिचित मानिस, पाल्तु जनावर, सावारी साधन र प्याकेज पहिचान गर्न सक्छन। प्रयोगकर्ताले आफ्नो आईक्लाउड प्लस सेवामार्फत भिडियो रेकडिङ सुरक्षित राख्न सक्नेछन्।

घरभित्र प्रयोग गरिने क्यामराको विशेषता भनेको घरका मानिस फर्किएपछि क्यामराको कोण परिवर्तन हुनु हो। यसले सम्बन्धित स्थानको निगरानी रोक्न सहयोग गर्छ।

यसले घरका मानिस बाहिर जाँदा ढोकामा लक लगाउने र क्यामरा एक्टिभ गर्ने व्यवस्था मिलाउन सक्छ। एउटै निर्देशनमार्फत घरका विभिन्न सुविधाहरु नियन्त्रण गर्न सक्नेछन्।

प्रयोगकर्ताको डाटा सुरक्षित राख्न इन्ड–टु–इन्ड इन्क्रिप्सन प्रविधि प्रयोग गरिएको कम्पनीले जनाएको छ।

नयाँ उपकरणहरुको बिक्री डिसेम्बर देखि सुरु हुने अपेक्षा गरिएको छ भने अन्य केहि उत्पादन सन् २०२७ को सुरुवातमा बजारमा आउनेछन्। उपकरणहरुको मूल्य भने सार्बजनिक गरिएको छैन्।

प्रकाशित: ३० आश्विन २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

चितवन राष्ट्रिय निकुञ्जमा इ-टिकटिङ सुरु

  • Technology Khabar
  • ३० आश्विन २०८३, शुक्रबार