टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लास सम्पन्न

  • Technology Khabar | २३ आश्विन २०८३, शुक्रबार
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लास सम्पन्न

काठमाडौं ।

मोबाइल तथा सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण परिवर्तन भइरहेको सञ्चार क्षेत्रका लागि विद्यार्थीलाई तयार पार्ने उद्देश्यले टिकटकले त्रिभुवन विश्वविद्यालय अन्तर्गत केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभाग को सहकार्यमा आयोजना गरेको पत्रकारिता तथा डिजिटल स्टोरीटेलिङ सम्बन्धी दुईदिने मास्टरक्लास सम्पन्न भएको छ।

नेपालमा पत्रकारितालाई डिजिटल स्टोरीटेलिङले कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा क्षमता अभिवृद्धि गर्न आयोजना गरिएको हो।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले भने, ‘डिजिटल समाचारको यस युगमा मानिसहरूले सूचना सिर्जना गर्ने र त्यससँग जोडिने तरिका निरन्तर परिवर्तन भइरहेकाले पत्रकारिता शिक्षामा पनि परिवर्तन भइरहेको छ। यस्ता अवसरले विद्यार्थीलाई बदलिँदो सञ्चार क्षेत्रलाई अझ राम्रोसँग बुझ्न र त्यस अनुसार अघि बढ्न सहयोग गर्छ। हाम्रा पत्रकारिता विषयका विद्यार्थी, जसमध्ये धेरैजना अहिले नै सञ्चार क्षेत्रमा कार्यरत छन्, उनीहरूसँग आफ्नो अनुभव र विज्ञता बाँड्ने पहल गरेकोमा हामी टिकटकलाई धन्यवाद दिन चाहन्छौं।’

मध्यपूर्व, अफ्रिका, दक्षिण तथा मध्य एसिया र पूर्वी यूरोप क्षेत्र हेर्ने टिकटककी सञ्चार प्रमुख रोला अबु हसनले भनिन्, ‘मानिसहरू नयाँ आइडिया पत्ता लगाउन, आफू वरपरको संसारबारे जान्न र अर्थपूर्ण कथासँग जोडिन टिकटकमा आउँछन्। यस मास्टरक्लास मार्फत हामी इच्छुक तथा हाल कार्यरत पत्रकारहरूलाई सिर्जनात्मक र जिम्मेवार ढंगले आकर्षक डिजिटल सामग्री सिर्जना गर्न आवश्यक सीप प्रदान गर्न चाहन्छौं। साथै, हाम्रो उद्देश्य पत्रकारिताका आधारभूत सिद्धान्तहरू सटीकता, प्रमाणीकरण, जवाफदेहिता र जनहितलाई केन्द्रमा राख्दै डिजिटल सामग्री सिर्जना गर्न उनीहरूलाई सक्षम बनाउनु पनि हो।’

मास्टरक्लासका विभिन्न सत्रमा न्युजरुम भ्रमण तथा स्टोरीटेलिङ प्लेटफर्मका रूपमा टिकटकको प्रयोगबारे व्यावहारिक अनुभव पनि प्रदान गरिएको थियो। साथै, कम्युनिटी गाइडलाइन्स, गलत सूचना, एआईबाट सिर्जित सामग्री तथा डिजिटल नागरिकता सहित सुरक्षा र जिम्मेवार स्टोरीटेलिङमा समेत विशेष ध्यान दिइएको थियो।

प्रकाशित: २३ आश्विन २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Game of Power comes alive at Bhrikutimandap with exchange carnival

  • Technology Khabar
  • २३ आश्विन २०८३, शुक्रबार