मोबाइल फोन इम्पोर्टर्स एशोसिएसनको दशौं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुन: दिपक मलहोत्रा चयन

  • Technology Khabar | २३ आश्विन २०८३, शुक्रबार
मोबाइल फोन इम्पोर्टर्स एशोसिएसनको दशौं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुन: दिपक मलहोत्रा चयन

काठमाडौं ।

मोबाइल फोन इम्पोर्टर्स एशोसिएनकोस दशौं वार्षिक साधारण सभा आज काठमाडौंमा सम्पन्न भएको छ।

साधारण सभापछि सम्पन्न निर्वाचन प्रक्रियाबाट नयाँ सञ्चालक समिति सर्वसम्मत रुपमा चयन भएको हो।

साधारण सभाले दिपक कुमार मलहोत्राको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा सञ्जय अग्रवाल, सचिवमा प्रभाकर शम्शेर थापा तथा कोषाध्यक्षमा रक्षित कुमार भिमसारिया चयन भएका छन्। त्यसैगरी, सञ्चालक सदस्यहरुमा सुनिल अग्रवाल, पुलकित भिमसारिया, नितेश कुमार मुन्द्रा, प्रज्ञात तिमिल्सिना र अनमित्र शर्मा सर्वसम्मत रुपमा चयन भएका छन्।

निर्वाचनपछि नवनिर्वाचित अध्यक्ष दिपक कुमार मलहोत्राले मोबाइल फोन व्यवसायलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी र उत्तरदायी बनाउन तथा व्यवसायीका साझा समस्याहरुको समाधानका लागि सम्बन्धित सरकारी निकाय र सरोकारवाला पक्षहरुसँग प्रभावकारी समन्वय र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी, नवनिर्वाचित उपाध्यक्ष सञ्जय अग्रवालले एशोसिएसनको संस्थागत सुदृढीकरणसँगै मोबाइल फोन व्यवसाय क्षेत्रको दिगो विकास र व्यवस्थित बजार निर्माणलाई प्राथमिकतामा राखेर आगामी कार्य अघि बढाउने बताए।

उनका अनुसार मोबाइल फोनको वितरण प्रणाली तथा बजार व्यवस्थापनमा सुधार, अवैध पैठारी (ग्रे मार्केट) नियन्त्रण तथा एमडीएमएसको प्रभावकारी प्रवर्द्धन, छाता संगठनहरुसँग समन्वय तथा सहकार्य, व्यवसायीको हकहित संरक्षण र उपभोक्ता हितको प्रवर्द्धन एशोसिएसनका प्रमुख प्राथमिकता रहनेछन्।

उनले व्यवसाय क्षेत्रका चुनौतीहरु समाधान गर्न निजी क्षेत्र, सरकारी निकाय तथा सम्बन्धित सरोकारवालाबीच सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउँदै मोबाइल फोन व्यवसायलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउन एशोसिएसनले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

प्रकाशित: २३ आश्विन २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार