एलजीसँग मिलेर स्मार्ट लक, थर्मोस्ट्याट र डोरबेल ल्याउँदै एप्पल

  • Technology Khabar | २२ आश्विन २०८३, बिहीबार
एलजीसँग मिलेर स्मार्ट लक, थर्मोस्ट्याट र डोरबेल ल्याउँदै एप्पल
फाइल तस्बिर

काठमाडौं ।

एप्पलले एलजीसँगको साझेदारीमा स्मार्ट होम उपकरणको नयाँ इकोसिस्टम विकास गरिरहेको ब्लुमबर्गले जनाएको छ।

नयाँ उपकरणमा स्मार्ट लक, थर्मोस्टेट र डोरबेल समावेश छन्। यी उपकरण एप्पलको स्मार्ट होम हबसँग जोडिने गरी डिजाइन गरिएका छन्। यो हब पनि एप्पलको आगामी उत्पादन हो र रिपोर्टअनुसार अक्टोबर १३ मा सार्वजनिक हुनेछ। उक्त हबमा ६ इन्चको वर्गाकार डिस्प्ले हुने अपेक्षा गरिएको छ, जसलाई टेबलमा राख्न वा भित्तामा जडान गर्न सकिनेछ।

टेकक्रञ्चका अनुसार दुवै कम्पनीले घरभित्र र बाहिर प्रयोग गर्न मिल्ने मोडलसहित विभिन्न सुरक्षा क्यामरा तथा फ्लडलाइटमा पनि काम गरिरहेका छन्। एलजीका यी उपकरण पनि औपचारिक रूपमा सार्वजनिक नभए कम्तीमा अर्को साता घोषणा हुने अपेक्षा गरिएको छ। टेकक्रन्चले थप जानकारीका लागि एप्पलसँग सम्पर्क गरेको जनाएको छ।

रोचक कुरा के छ भने यी उपकरण दुवै कम्पनीले संयुक्त रूपमा विकास गरे पनि तिनमा एलजीको ब्रान्ड प्रयोग गरिने बताइएको छ।

नयाँ उत्पादनलाई अमेजनका स्मार्ट होम उत्पादनसँग प्रतिस्पर्धाका रूपमा पनि हेर्न सकिन्छ। अमेजनले हाल रिङका घर सुरक्षा क्यामरासहित विभिन्न यस्तै उत्पादन उपलब्ध गराउँदै आएको छ।

एप्पलले पछिल्ला हार्डवेयर उत्पादनमार्फत नयाँ क्षेत्रमा विस्तार गर्ने प्रयास गरिरहेको छ। त्यसमध्ये एउटा नयाँ क्षेत्र स्मार्ट होममा कम्पनीको उपस्थिति विस्तार गर्नु हो।

प्रकाशित: २२ आश्विन २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार