स्टार्टअप ह्याकाथन गर्दै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, आवेदन माग

  • Technology Khabar | २० आश्विन २०८३, मंगलवार
स्टार्टअप ह्याकाथन गर्दै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, आवेदन माग
एनओसी

काठमाडौं ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले स्टार्टअप ह्याकाथन कार्यक्रम सञ्चालनका लागि आवेदन मागेको छ।

मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत ‘विज्ञान प्रविधि तथा नवप्रवर्तन सम्बन्धी स्टार्टअप ह्याकाथन कार्यक्रम’ सञ्चालन गर्न लागेको हो।

कार्यक्रममा आर्थिक सहयोग प्राप्त गर्न प्रतियोगितामा सहभागी हुन चाहने व्यक्ति तथा आयोजक संस्थाले मन्त्रालयको वेबसाइटमा प्रकाशित ‘विज्ञान प्रविधि तथा नवप्रवर्तन सम्बन्धी सम्मेलन, प्रदर्शनी तथा स्टार्टअप ह्याकाथन अनुदान कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८३’ बमोजिम आवेदन दिनुपर्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले इच्छुकलाई १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ। आवेदन [email protected] इमेलमार्फत वा मन्त्रालयमा प्रत्यक्ष उपस्थित भएर बुझाउन सकिनेछ।

आवेदनसँगै कार्यविधिको दफा ६ बमोजिम आवश्यक विवरण तथा प्रमाणित कागजात संलग्न गर्नुपर्नेछ। कार्यक्रमसम्बन्धी कार्यविधि मन्त्रालयको वेबसाइट mosti.gov.np बाट प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सार्वजनिक बिदा परेमा त्यसपछिको कार्यालय खुलेको दिनसम्म कार्यालय समयभित्र प्रस्ताव पेस गर्न सकिने स्पष्ट पारेको छ।

प्रकाशित: २० आश्विन २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार