काठमाडौं ।
नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफ्नो फेसबुक अकाउन्ट करिब आधा घण्टाका लागि ह्याक भएको जानकारी दिएका छन्।
शुभचिन्तकले जानकारी गराएपछि आइतबार दिउँसो खड्काले फेसबुकमार्फत जाँच गरेर अकाउन्ट ठीक पारिएको बताएका हुन्। ह्याक भएको समयमा आफ्नो फेसबुकबाट कुनै गलत पोस्ट भएको भए त्यसलाई अन्यथा नलिन उनले आग्रह गरेका छन्।
‘मेरो फेसबुक कसैले केही समय (करिब आधा घण्टा जति) ह्याक गरिदिएको बुझियो। तत्काल शुभचिन्तकहरूले जानकारी गराएकोले चेक गर्न लगाएर ठीक गर्न लगाइयो। त्यो बिचमा मेरो फेसबुकवालबाट कुनै गलत पोस्टहरू गरिएका भए अन्यथा नलिइदिनु हुन सबै साथी-शुभचिन्तकहरुमा विनम्र अनुरोध गर्दछु,’ उनले लेखेका छन्।
प्रकाशित: १८ आश्विन २०८३, आईतवार