भदौ मसान्तसम्म नेपालमा २ करोडभन्दा बढीको सिम कार्ड आयात

  • Technology Khabar | १६ आश्विन २०८३, शुक्रबार
भदौ मसान्तसम्म नेपालमा २ करोडभन्दा बढीको सिम कार्ड आयात
सांकेतिक तस्विर

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०८३/८४ को दोस्रो महिना भदौ मसान्तसम्म १६ लाख थानभन्दा बढी सिम कार्ड आयात भएको छ।

भन्सार विभागले हालै जारी गरेको उक्त अवधिसम्मको वैदेशिक व्यापार विवरण अनुसार उक्त अवधिमा २ करोड ११ लाख ८५ हजार रुपैयाँ बराबरको १६ लाख १५ हजार १ थान सिम कार्ड आयात भएको छ।

सिम कार्ड आयातबाट सरकारले ५१ लाख ४८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।

भन्सार विभागको तथ्यांक अनुसार सिम कार्ड चीन, भारत, बेलायत, मेक्सिको गरी विश्वका ४ देशबाट आएको देखिन्छ।

भदौसम्म सबैभन्दा बढी अर्थात् १६ लाख थान सिम कार्ड चीनबाट नेपाल आएको छ। यसको समग्र मूल्य २ करोड १० लाख २८ हजार परेको छ।

यसैगरी मेक्सिकोबाट १ लाख २ हजार बराबरको १० हजार थान तथा बेलायतबाट ५२ हजार बराबरको ५ हजार थान र भारतबाट १ हजार बराबरको १ थान सिम कार्ड आयात भएको तथ्याङ्कमा उल्लेख छ।

क्र. सं. देश परिमाण रकम हजारमा
१ चीन १६००००० २१०२८
२ मेक्सिको १०००० १०२
३ बेलायत ५००० ५४
४ भारत १ १

प्रकाशित: १६ आश्विन २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...