किशोरलाई हानि पुर्‍याएको आरोपमा मुद्दाको सुनुवाइअघि टिकटकले गर्यो सम्झौता

  • Technology Khabar | १२ आश्विन २०८३, सोमबार
किशोरलाई हानि पुर्‍याएको आरोपमा मुद्दाको सुनुवाइअघि टिकटकले गर्यो सम्झौता
टिकटकको लोगो। फ्रिपिक डटकममार्फत।

काठमाडौं ।

टिकटक र यसको चिनियाँ मूल कम्पनी बाइटडान्सले अलाबामासँग सम्झौता गरेका छन्।

उनीहरूले बालबालिकालाई टिकटकको प्रयोगमा निर्भर बनाउने गरी प्लेटफर्म डिजाइन गरेको र यसको सुरक्षाबारे उपभोक्तालाई भ्रममा पारेको आरोपमा अलाबामा राज्यसँग सम्झौता गरेका हुन्। देशभर यस्तै आरोपको सामना गरिरहेको टिकटकले कुनै राज्यसँग गरेको यो पहिलो सम्झौता हो।

रोयटर्सका अनुसार शुक्रबार अलाबामाका महान्यायाधिवक्ताको कार्यालयले जारी गरेको जानकारीअनुसार सम्झौताअन्तर्गत अलाबामाले कम्तीमा १० करोड डलर प्राप्त गर्नेछ। यो रकम ४५ दिनभित्र राज्यलाई उपलब्ध गराउनुपर्नेछ। निश्चित सर्तहरू पूरा भएमा राज्यले अधिकतम ३० करोड डलरसम्म प्राप्त गर्न सक्नेछ।

प्रकाशित: १२ आश्विन २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार