इजिप्टमा पहिलो स्वदेशी औद्योगिक रोबोट विकास

  • Technology Khabar | ९ आश्विन २०८३, शुक्रबार

काठमाडौं ।

इजिप्टले आफ्नो पहिलो स्वदेशी औद्योगिक रोबोट सार्वजनिक गरेको छ।

व्यापार तथा उद्योग मन्त्रालयले बुधबार जनाएअनुसार, यो कदमले अत्याधुनिक उत्पादन क्षेत्रमा मुलुकको क्षमता विस्तार गर्ने दिशामा एउटा महत्वपूर्ण फड्को मारेको छ।

मन्त्रालयका अनुसार ‘इन्डस्ट्रियल मोडर्नाइजेसन सेन्टर’ले ‘रेडबट्स’ र ‘क्युब’सँगको सहकार्यमा विकास गरेको यो रोबोट औद्योगिक प्रयोजनमा प्रयोग गर्न सकिने गरी तयार पारिएको हो।

मन्त्रालयका अनुसार यसमा हाल ८० प्रतिशत स्वदेशी सामग्रीको प्रयोग गरिएको छ भने मोटरको स्वदेशी उत्पादनसँगै निकट भविष्यमा यसलाई ९० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ।

उद्योगमन्त्री खालिद हासेमले यो परियोजनाले इजिप्टको उत्पादन क्षमता सुदृढ गर्न तथा अझ बढी कुशल र प्रतिस्पर्धी कारखाना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

उनले यसले युवा इजिप्टियनमा ज्ञान र नवीनतालाई औद्योगिक उत्पादनमा रूपान्तरण गर्ने क्षमता रहेको पनि प्रमाणित गरेको बताए।

हासेमले भन्नुभयो, “मन्त्रालयले इजिप्टको औद्योगिक रणनीतिअन्तर्गत मेसिनरी र उत्पादन लाइनको विकासमा ध्यान केन्द्रित गरिरहेको छ र उत्पादन क्षेत्रलाई सुदृढ पार्ने तथा युवा इजिप्टियनका लागि अवसर सिर्जना गर्ने पहललाई सहयोग गर्नेछ।”-रासस

प्रकाशित: ९ आश्विन २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...