नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रमा उपलब्ध गरायो झन्डै ८ करोड बराबरको भ्वाइस, डाटा र एसएमएस सुविधा

  • Technology Khabar | ६ आश्विन २०८३, मंगलवार
नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रमा उपलब्ध गरायो झन्डै ८ करोड बराबरको भ्वाइस, डाटा र एसएमएस सुविधा

काठमाडौं ।

नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई बाढी पश्चात झन्डै ८ करोड रुपैयाँ बराबरको निःशुल्क कल, डाटा र एसएमएस सुविधा उपलब्ध गराएको छ।

भदौ १० गते बाढी आए पश्चात् प्रभावित स्थानमा अर्को व्यवस्था नभएसम्मका लागि निःशुल्क भ्वाइस कल र प्रतिदिन २ जीबी डाटा तथा ५० एसएमएस सुविधा उपलब्ध गराइएको थियो।

बाढी प्रभावित क्षेत्रका बासिन्दाहरुलाई कम्पनीले उपलब्ध गराएको निःशुल्क सेवा आवश्यकता अनुसार उपभोग गर्न कम्पनीले अनुरोध समेत गरेको थियो।

भदौ १० गतेदेखि उपलब्ध उक्त सुविधा भदौ २६ सम्म उपलब्ध गराइएको थियो। कम्पनीको यस सहयोगले प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको तत्कालीन राहत, उद्धार तथा दीर्घकालीन पुनर्स्थापना कार्यमा उल्लेख्य योगदान पुग्ने विश्वास लिइएको कम्पनीले जनाएको छ।

नेपाल टेलिकमले विगतदेखि नै बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक विपद् र कोभिड महामारीको समयमा देश र नागरिकप्रति समर्पित भई निरन्तर आर्थिक तथा अन्य सहयोग उपलब्ध गराउँदै आएको छ।

साथै, संस्थायत सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ।

प्रकाशित: ६ आश्विन २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार