बजाजको निःशुल्क चेकअप क्याम्प, लेबरदेखि स्पेयर पार्ट्ससम्म छुटैछुट

  • Technology Khabar | ६ आश्विन २०८३, मंगलवार
बजाजको निःशुल्क चेकअप क्याम्प, लेबरदेखि स्पेयर पार्ट्ससम्म छुटैछुट

काठमाडौं ।

चाडपर्वको समय नजिकिँदै गर्दा मोटरसाइकलको नियमित तथा पूर्वसावधानीपूर्ण मर्मतसम्भारलाई प्रोत्साहन गर्ने उद्देश्यले बजाजले राष्ट्रिय निःशुल्क चेकअप क्याम्प सुरु गरेको छ।

असोज ४ गतेदेखि असोज ९ गतेसम्म सञ्चालन हुने यस क्याम्पअन्तर्गत नेपालभर रहेका कुनै पनि बजाज सर्भिस सेन्टरमा गई बजाज मोटरसाइकलको निःशुल्क व्यावसायिक चेकअप गराउन क्याम्प सुरु गरेको हो।

निःशुल्क चेकअपका क्रममा थप मर्मतसम्भार वा पार्टपुर्जा फेर्नुपर्ने आवश्यकता देखिएमा ग्राहकले विभिन्न सेवामा विशेष छुटसमेत प्राप्त गर्न सकिने कम्पनीले बताएको छ।

क्याम्प अवधिभर लेबर चार्जमा ५० प्रतिशत, इन्जिन आयलमा १६ प्रतिशत, स्पेयर पाट्र्समा १० प्रतिशत र युरोग्रिप टायरमा १० प्रतिशत छुट उपलब्ध हुनेछ।

बजाजका अनुसार, नियमित निरीक्षण तथा समयमै गरिने मर्मतसम्भारले सम्भावित समस्याहरूलाई ठूलो समस्या बन्नुअघि नै पहिचान गर्न सहयोग पु¥याउन सक्छ। त्यसैले चाडपर्वको यात्रामा निस्कनुअघि मोटरसाइकलको अवस्था जाँच गर्नु महत्वपूर्ण रहेको कम्पनीले जनाएको छ।

नेपालभर रहेका कुनै पनि बजाज सर्भिस सेन्टरमा असोज ४ देखि असोज ९ गतेसम्म पुगेर निःशुल्क चेकअप सेवा लिन सकिनेछ।

कम्पनीका अनुसार बजाजले मोटरसाइकल बिक्रीपछिको सेवामा समेत ग्राहकसँगको सम्बन्धलाई निरन्तरता दिँदै आएको जनाएको छ। राष्ट्रिय निःशुल्क चेकअप क्याम्पमार्फत ग्राहकलाई सहज रूपमा व्यावसायिक सर्भिस तथा मर्मतसम्भार सुविधा उपलब्ध गराउँदै सुरक्षित, सहज र भरपर्दो चाडपर्वको यात्राका लागि मोटरसाइकल तयार राख्न सहयोग गर्ने कम्पनीको उद्देश्य रहेको छ।

बजाजको यो राष्ट्रिय निःशुल्क चेकअप क्याम्पअन्तर्गत ग्राहकले मोटरसाइकलको निःशुल्क चेकअप गराउन सक्नेछन्। साथै, चेकअपका क्रममा थप मर्मतसम्भार आवश्यक परेमा ग्राहकले लेबर चार्जमा ५० प्रतिशत, इन्जिन आयलमा १६ प्रतिशत, स्पेयर पाट्र्समा १० प्रतिशत र युरोग्रिप टायरमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

प्रकाशित: ६ आश्विन २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार