नाडाद्वारा बाढी पीडितहरुका लागि राहत सामग्री वितरण

  • Technology Khabar | ४ आश्विन २०८३, आईतवार
नाडाद्वारा बाढी पीडितहरुका लागि राहत सामग्री वितरण

काठमाडौं ।

भोटेकोशी बाढी प्रभावितहरुका लागि नाडाले विभिन्न किसिमका राहत सामग्रीहरु हस्तान्तरण गरेको छ।

नाडाका कोषाध्यक्ष पंकज अग्रवाल तथा सहकोषाध्यक्ष निलमणी पाठकको नेतृत्वमा जिल्ला प्रसाशन कार्यालय नुवाकोटसंगको समन्वयमा जिल्ला समन्वय समितिको कार्यालय, नुवाकोटलाई औपचारिक रुपमा हस्तान्तर गरिएको हो।

यसै सन्दर्भमा मिति भदौ १८ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले अर्थ मन्त्री स्वर्णिम वाग्लेसँग भेटेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी १० लाख रुपैयाँ सहयोग समेत उपलब्ध गराएको थियो।

प्रकाशित: ४ आश्विन २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...