१३ विश्वविद्यालयलाई नवप्रवर्तन केन्द्र स्थापनाका लागि प्रस्ताव पेश गर्न मन्त्रालयको आग्रह

  • Technology Khabar | १ आश्विन २०८३, बिहीबार
१३ विश्वविद्यालयलाई नवप्रवर्तन केन्द्र स्थापनाका लागि प्रस्ताव पेश गर्न मन्त्रालयको आग्रह

काठमाडौं ।

सरकारले १३ वटा विश्वविद्यालयलाई नवप्रवर्तन केन्द्र स्थापना तथा सञ्चालनका लागि प्रस्ताव पेश गर्न आग्रह गरेको छ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी विश्वविद्यालयहरूलाई आगामी असोज १० गतेभित्र नवप्रवर्तन केन्द्र स्थापना तथा सञ्चालनसम्बन्धी प्रस्ताव मन्त्रालयमा पेश गर्न आग्रह गरेको हो।

मन्त्रालयले प्रस्ताव पेश गर्न आग्रह गरेको विश्वविद्यालयहरु: 

त्रिभुवन विश्वविद्यालय पूर्वाञ्चल विश्वविद्यालय सुदूरपश्चिम विश्वविद्यालय
राजर्षि जनक विश्वविद्यालय कृषि तथा वन विश्वविद्यालय मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय
काठमाडौं विश्वविद्यालय पोखरा विश्वविद्यालय मध्यपश्चिम विश्वविद्यालय
नेपाल खुला विश्वविद्यालय नेपाल संस्कृत विश्वविद्यालय

मन्त्रालयका अनुसार नवप्रवर्तन केन्द्रले विश्वविद्यालयभित्र विकास भएका अनुसन्धान तथा प्रविधिलाई प्रयोगात्मक विकास, प्रोटोटाइप निर्माण, प्रविधि हस्तान्तरण, बौद्धिक सम्पत्ति संरक्षण, स्टार्टअप तथा उद्यमशीलता विकास र बजारसम्म पुर्‍याउने कार्यमा योगदान गर्ने अपेक्षा गरिएको छ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकासलाई राष्ट्रिय विकासको प्राथमिकतासँग जोड्दै अनुसन्धान, प्रविधि विकास, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवर्द्धनमार्फत ज्ञानमा आधारित अर्थतन्त्रको आधार निर्माण गर्ने उद्देश्यले विश्वविद्यालयहरूमा नवप्रवर्तनको संस्थागत वातावरण विकास गर्न पहल गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १ आश्विन २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...