काठमाडौं ।
याङ्गोले रसुवा, धादिङ र नुवाकोटका बाढी प्रभावित समुदायमा राहत सामग्री पुर्याउन सहयोग गरेको छ।
राहत तथा उद्धार कार्य जारी रहेकाले याङ्गोले आफ्नो डेलिभरी सेवामार्फत सहयोगलाई निरन्तरता दिएको जनाएको छ। हामी नेपाल, अस्तित्व नेपाल र क्राइसिस कन्नेक्ट नेपाल जस्ता स्थानीय संस्थाहरूलाई काठमाडौंभित्र तथा काठमाडौं उपत्यकाबाट प्रभावित क्षेत्रसम्म राहत सामग्री पुर्याउन याङ्गो डेलिभरीले सहयोग गरिरहेको बुझिएको छ।
‘कहिलेकाहीँ यस्तो समय आउँछ जहाँ सामान्य काम र लक्ष्यभन्दा पनि समुदायलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। भोटेकोसीको बाढीको खबर आएपछि हामीले कसरी छिटो सहयोग गर्न सक्छौँ भन्नेमा ध्यान केन्द्रित गर्यौ,’ याङ्गो प्रमुख सन्तोष पाण्डेले भने, ‘हामीसँग ठूला सवारीसाधन, चालक साझेदार र दैनिक रूपमा सामान तथा मानिसहरूलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याउने नेटवर्क छ। यस्तो अवस्थामा हामीसँग भएको स्रोतलाई राहत कार्यमा खटिएका संस्थासम्म पुर्याएर आवश्यक सहयोग गर्नु नै हाम्रो प्राथमिकता हो।’
प्रकाशित: २ आश्विन २०८३, शुक्रबार