सामाजिक सञ्जालमार्फत विदेशी महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राऊ

  • Technology Khabar | १ आश्विन २०८३, बिहीबार
सामाजिक सञ्जालमार्फत विदेशी महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राऊ
सांकेतिक तस्विर

काठमाडौं ।

सामाजिक सञ्जालमार्फत विदेशी महिलाको चरित्र हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राऊ पर्नेमा बाँके नेपालगन्ज उपमहानगरपालिका–१ बस्ने २३ वर्षीय प्रशान्त जयसवाल रहेको नेपाल प्रहरी अन्तर्गतको साइबर ब्यूरोले जनाएको छ।

ब्यूरोका अनुसार सामाजिक सञ्जालमार्फत चिनजान भई साथी तथा प्रेम सम्बन्धमा रहेका विदेशी महिलाको खिचिएका तस्बिरहरू पीडित महिलाका आफन्त तथा परिवारजनको सामाजिक सञ्जालमा पठाई चरित्र हत्या गरेको घटनामा उनी पक्राउ परेका हुन्।

उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा गत भदौ ३० गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।

प्रहरीले सामाजिक सञ्जाल प्रयोग गर्दा व्यक्तिगत तस्बिर तथा संवेदनशील सामग्रीको दुरुपयोग हुन नदिन सचेत रहन आग्रह गरेको छ।

प्रकाशित: १ आश्विन २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार