कालिकोटमा नेटवर्क समस्याबारे विवरण उपलब्ध गराउन नेपाल टेलिकमलाई रास्वपा कालिकोटको पत्र

  • Technology Khabar | १ आश्विन २०८३, बिहीबार
कालिकोटमा नेटवर्क समस्याबारे विवरण उपलब्ध गराउन नेपाल टेलिकमलाई रास्वपा कालिकोटको पत्र
फाइल तस्बिर

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी कालिकोटले जिल्लाका विभिन्न दुर्गम गाउँबस्तीमा नेपाल टेलिकमको मोबाइल तथा इन्टरनेट सेवा नियमित नभएको भन्दै नेटवर्क सेवासम्बन्धी विस्तृत विवरण उपलब्ध गराउन पत्रमार्फत् आग्रह गरेको छ।

कार्यालयले नेपाल टेलिकम जिल्ला कार्यालयलाई पत्र पठाउँदै जिल्लामा नेटवर्क नपुगेका तथा ठाउँ–ठाउँमा कल ड्रप हुने समस्या रहेकाले वास्तविक अवस्था पहिचान गरी समाधानका लागि पहल गर्न आग्रह गरेको हो।

पार्टीले जिल्लाका स्थानीय तहमा सञ्चालनमा रहेका, आंशिक चलेका वा बन्द रहेका टावरहरूको स्थानगत विवरण तथा कुन–कुन ठाउँमा नेटवर्क वा इन्टरनेट कमजोर रहेको र त्यसको प्राविधिक अवस्था उपलब्ध गराउन माग गरेको छ।

त्यस्तै कालिकोटका कुन–कुन गाउँ, वडा वा बस्तीमा हालसम्म नेपाल टेलिकमको मोबाइल तथा इन्टरनेट नेटवर्कको पहुँच पुग्न नसकेको हो त्यसको विवरण पनि माग गरिएको छ।

रास्वपाले जिल्लामा देखिएका सञ्चार समस्याका प्रमुख प्राविधिक तथा भौगोलिक कारण र दिगो समाधानका लागि आवश्यक पर्ने थप पूर्वाधार तथा त्यसको अनुमानित लागतको विवरण उपलब्ध गराउन आग्रह गरेको छ।

पत्रमा जिल्लाको सञ्चार सेवा सुदृढ बनाउन नेपाल टेलिकमबाट आगामी दिनका लागि स्वीकृत वा प्रस्तावित नयाँ टावर, नेटवर्क विस्तार तथा स्तरोन्नतिसम्बन्धी योजनाको विवरणसमेत माग गरिएको छ।

यी विवरण स्थानीय तह, वडा, गाउँ/बस्ती र टावरको नाम खुल्ने गरी तालिकागत रूपमा उपलब्ध गराइदिन पत्रमा आग्रह गरिएको छ।

प्रकाशित: १ आश्विन २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार