काठमाडौं ।
सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ।
सूचना तथा सञ्चार मन्त्रालयले आज एक सूचना प्रकाशित गर्दै बोर्डको अध्यक्ष पदमा एक जना उम्मेदवार छनोट गरी मनोनयनका लागि सिफारिस गर्नुपर्ने भएकाले इच्छुक तथा योग्य व्यक्तिबाट दरखास्त माग गरेको हो।
मन्त्रालयका अनुसार इच्छुक उम्मेदवारले २०८३ असोज ७ गते बुधबार कार्यालय समयभित्र दरखास्त पेश गर्नुपर्नेछ।
अध्यक्ष पदका लागि आवश्यक न्यूनतम योग्यता, दरखास्त फाराम तथा दरखास्तसँग संलग्न गर्नुपर्ने आवश्यक कागजातलगायत विस्तृत विवरण सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइट www.moic.gov.np मा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित: १ आश्विन २०८३, बिहीबार