गुगलले पहिलो गुगलबुक डिभाइसको प्रि–अर्डर सेप्टेम्बर २१ देखि खुलाउने

  • Technology Khabar | ३१ भाद्र २०८३, बुधबार
गुगलले पहिलो गुगलबुक डिभाइसको प्रि–अर्डर सेप्टेम्बर २१ देखि खुलाउने

काठमाडौं ।

गुगलले पहिलो गुगलबुक डिभाइसको प्रि–अडर सेप्टेम्बर २१ देखि खुलाउने तयारि गरेको छ। यसले एन्ड्रोइडमा आधारित नयाँ प्लेटफर्मको सुरुवात नजिकिएको छ।

यसअघि डिभाइसहरु शरद ऋतुमा सार्वजनिक हुने संकेत दिएको गुगलले प्रि–अर्डर सोमबार सेप्टेम्बर २९ बिहान ९ बजे अमेरिकी समय अनुसार खुल्ने भएको छ।

एन्ड्रोरोइडमा आधारित प्लेटफर्म सम्बन्धी पछिल्लो जानकारी प्राप्त गर्न दर्ता भएका प्रयोगकर्ताहरुलाई ईमेल मार्फत घोषणा पठाएको हो।

टेलिग्राफका अनुसार, पहिलो गुगलबुक डिभाइसहरु एसर, आसुस, डेल, एचपी, लेनोभो जस्ता निर्माता कम्पनीबाट आउने अपेक्षा गरिएको छ।

हालसम्म गुगलले मे महिनामा प्लेटफर्मको सुरुवाति झलक मात्र सार्वजनिक गरेको थियो। प्रि–अर्डर खुलाएसँगै कम्पनीले अपरेटिङ सिस्टमसहित प्लेटफर्मको आधिकारिक नामबारे थप जानकारी दिने अपेक्षा गरिएको छ।

गुगलको पछिल्लो प्रचार सामग्रीमा म्याजिक पोइन्टरलाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको छ। यस सुविधामार्फत जेमिनी कृत्रिम बुद्धिमत्ता (एआई) सहायकमा तत्काल पहुँच प्राप्त गर्न सकिनेछ।

गुगलले सार्वजनिक गरेको एनिमेसनमा म्याजिक पोइन्टर लाइट बारमा परिवर्तन भएको देखाइएको छ। यो लाइट बारले के काम गर्नेछ भन्नेबारे गुगलले अझै स्पष्ट पारेको छैन।

क्रोमबुकमा प्लेटफर्मको नाम डिभाइसको पहिचानकै हिस्सा हुने गरे पनि गुगलबुकमा भने फरक शैली अपनाइने अपेक्षा गरिएको छ।

गुगलबुकको लोगो मुख्य रूपमा डिभाइसको ढक्कनमा राखिनेछ। किबोर्डमुनि रहेको पल्म रेस्टको बायाँ भागमा पनि यसको नाम लेखिनेछ।

प्रि–अर्डर खुलेदेखि खरिदकर्तालाई डिभाइस डेलिभरी हुन कति समय लाग्नेछ भन्ने अझै स्पष्ट छैन। बिदाको किनमेलको मौसम सुरु हुनुअघि नै उपकरण बजारमा आउने सम्भावना देखिएको छ।

प्रकाशित: ३१ भाद्र २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार