टी-मोबाइल र स्प्रीन्ट कर्पबिच मर्जरलाई अमेरिकामा सहमति, प्रिपेड बिजनेस डिस नेटवर्कलाई बेच्नुपर्ने

  • Technology Khabar | ११ श्रावण २०७६, शनिबार
टी-मोबाइल र स्प्रीन्ट कर्पबिच मर्जरलाई अमेरिकामा सहमति, प्रिपेड बिजनेस डिस नेटवर्कलाई बेच्नुपर्ने

काठमाडौं ।

काठमाडौं । टेलिकम्यूनिकेसनको क्षेत्रमा अहिलेसम्मकै ठूलो मर्जरको रुपमा लिईएको टी मोबाइल र स्प्रीन्ट कर्पबिचको मर्जरलाई अमेरिकामा अनुमति मिलेको छ ।

अमेरिकाको यूएस एन्टिट्रस्टअन्तरगत जस्टिस डिपार्टमेन्टले टी मोबाइल यूएस इंकले र स्प्रीन्ट कर्पलाई टेकओभर गरेको विषयलाई अनुमति प्रदान गरेको हो ।

सो मर्जर २६ बिलियन अमेरिकी डलरमा भएको थियो । अमेरिकामा यो मर्जर देशकै तेस्रो ठूलो र चौथो ठूलो वायरलेस क्यारियर कम्पनीहरुबिच भएको हो । कम्पनीहरुले बूस्ट मोबाइलसहित स्प्रीन्टको प्रिपेड बिजनेसलाई बेच्न सहमत भएका थिए र त्यो स्याटेलाइट टेलिभिजन कम्पनी डिस नेटवर्क कर्पले किन्नेछ ।

जस्टिस डिपार्टमेन्टले प्रतिस्पर्धामा सुधार गर्ने र ५जी नेटवर्कहरुलाई तिब्ररुपमा रोलआउट गर्नका लागि कमजोर कम्पनीहरुलाई जोड्दै ससक्त बनाउने उद्धेश्य लिएको छ । मर्जरपछि चौथो नम्बर आउने डिससँग रहेको उपयोग बिहिन स्पेक्ट्रमलाई समेत एक्टिभेट गर्ने समेत लक्ष्य लिईएको छ ।

यो मर्जरमा केहि आलोचक तथा केहि राज्यका महान्यायाधिवक्ताहरुले भने प्रतिस्पर्धालाई नबढाउने र मोबाइल फोन प्लानहरुको मूल्य बढाउन सक्ने बताएका छन् ।

टी मोबाइलमा डयच टेलिकोम एजीको ६३ प्रतिशत लगानी रहेको छ भने अर्को कम्पनी स्प्रीन्टमा सफ्टबैंक ग्रुप कर्पको ८४ प्रतिशत शेयर रहेको छ ।

यो मर्जरले अनुमति पाएपनि अमेरिकाकै दुई राज्यहरुमध्ये न्यूयोर्क र क्यालिफोर्नियाका महान्यायाधिवक्ताहरुले भने सो मर्जरलाई रोक्न कानूनी उजुरी गरेका छन् । उनीहरुले यो डिलले आगामी दिनहरुमा उपभोक्ताहरुलाई वार्षिकरुपमा ४.५ बिलियन अमेरिकी डलर अतिरिक्त लागत बेहोर्नुपर्ने अवस्था आउने आरोप लगाएका छन् ।

तर अमेरिकी जस्टिस डिपार्टमेन्टको अनुमतिसँगै मर्जर कमपनीहरुले भर्जिन मोबाइल र स्प्रीन्टको प्रिपेड बिजनेस बिक्री गर्नुपर्नेछ भने डिसले २० हजार वटा सेल साइट तथा सयौं रिटेल लोकेसनहरु बिस्तार गर्नुपर्नेछ ।

डिसले स्पेक्ट्रम एक्वायर गर्न सहमत भएकोछ भने टी मोबाइलको नेटवर्कमा आगामी ७ वर्षसम्म पहुँच पाउनेछ र त्यसबेलासम्म कम्पनीले आफ्नै ५जी नेटवर्क बनाउने छ । यसबाहेक टी मोबाइलले डिसको मातहतमा रहेको तर उपयोगमा नआएको ६०० मेगाहर्ज स्पेक्ट्रम प्रयोग गर्न पाउनेछ । त्यस्तै दुबै कम्पनीहरुले ईसीम प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराउनुपर्नेछ, जसले सेवाग्राहीहरुले सजिलैसँगै यी दुई क्यारियरहरुबिच स्वीच गर्न सक्नेछन् । रोयटर्स

प्रकाशित: ११ श्रावण २०७६, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार