काठमाडौं ।
इनड्राइभले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख (करिब ५ लाख अमेरिकी डलर) योगदान गरेको छ।
उक्त सहयोग रकम इनड्राइभ नेपालका प्रतिनिधिहरूको उपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।
कम्पनीका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरिएको आर्थिक योगदानसँगै इनड्राइभले बाढी प्रभावित समुदायसम्म प्रत्यक्ष राहत पुर्याएको छ। यसअन्तर्गत नुवाकोटको विदुर नगरपालिका वार्ड न–९ का बाढी प्रभावित परिवारलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध छ।
इनड्राइभका फाउन्डर तथा सीईओ आर्सेन टोम्स्कीले भने, ‘नेपालमा आएको विनाशकारी बाढीले धेरै परिवार र समुदायलाई गम्भीर क्षति र कठिन परिस्थितिको सामना गर्न बाध्य बनाएको छ। आफ्ना प्रियजन, घर वा जीविकोपार्जनको आधार गुमाउनुभएका सबैप्रति हामी गहिरो संवेदना व्यक्त गर्दछौं। नेपाल–इनड्राइभ समुदायको महत्वपूर्ण हिस्सा हो र यस्तो कठिन समयमा हामी नेपाली जनताको साथमा उभिन चाहन्छौं। हाम्रो यो सहयोगले तत्काल सहायता आवश्यक रहेका प्रभावित परिवारसम्म आवश्यक सहयोग पु¥याउन तथा प्रभावित समुदायको पुनस्र्थापना र पुनर्निर्माणका प्रयासमा केही योगदान पुर्याउने विश्वास लिएका छौं।’
प्रकाशित: २५ भाद्र २०८३, बिहीबार