
काठमाडौं ।
काठमाडौं । के तपाईँ पटक पटक आफ्नो स्मार्टफोन चेक गर्ने गर्नुहुन्छ ? अथवा यदि तपाईँको फोनको ब्याट्री कम हुँदा वा फोनको नेटवर्क नहुँदा तपाईँलाई समस्या भएको अनुभव गर्नुहुन्छ ?
यदि यस्तो हुन्छ भने तपाईँलाई एक प्रकारको रोग लागेको अनुमान गर्न सकिन्छ । आफ्नो फोनसँग सम्बन्धित उल्लेखित अनुभव हुन्छ भने तपाईँलाई नोमोफोबिया नामक रोग लागेको छ । नोमोफोबिया अर्थात नो मोबाइल फोन फोबिया हो ।
बेलायतमा यसबारेमा एउटा अध्ययन,अनुसन्धान नै भएको छ जसमा कुल मोबाइल फोन प्रयोगकर्ताहरुमध्ये ५३ प्रतिशतभन्दा बढिलाई फोन नहुँदा समस्या अनुभव हुने गर्दछ । त्यसैगरि अर्को अध्ययनअनुसार करीब ६० प्रतिशत मानिसहरु यस्ता छन जो बिहान उठेर सबैभन्दा पहिले आफ्नो फोन प्रयोग गर्ने गर्दछन् ।
यो रोग लागेका मानिसहरुलाई विभिन्न किसिमको लक्षण छ भने चिन्न सकिन्छ । विशेषगरि अहिलेका युवाहरु र बालबालिकाहरु यो समस्याबाट ग्रस्त भएको पाईन्छ । यो समस्यालाई यस्तै हो भनेर सामान्यरुपमा लिँदा भविश्यमा यसले बिकराल समस्याको रुपम लिन सक्दछ । त्यसैले समयमा नै यसको निदानको उपायहरुमा ध्यान दिनुपर्दछ ।
यस्तो छ नोमोफोबियाको लक्षण
यसबाहेक अन्य सहायक लक्षणहरु
कसरी पाउने छुटकारा ?
मोबाइल फोन अत्यधिक प्रयोग गर्नेहरुलाई एक प्रकारको लत नै लागेको हुन्छ जसबाट बाहिर आउनु निकै कठिन हुनसक्दछ । तर यसबाट मुक्ति पाउने केहि उपायहरु छन जसलाई पालना गरेमा बिस्तारै यो समस्याको समाधान हुन्छ ।
यस्तो छ उपायहरु:
यदि तपाईँले पनि यी उल्लेखित लक्षणहरु छ भने बताईएका उपायहरुलाई अबलम्बन गरेर समस्याबाट समाधान पाउन सक्नुहुन्छ ।
प्रकाशित: ११ श्रावण २०७६, शनिबार