काठमाडौं ।
ओपनएआईले गणितको समस्या समाधान गर्न करिब १० हजार कृत्रिम बुद्धिमत्ता एजेन्टहरुले समानान्तर रुपमा काम गरेको दाबी गरेको छ। नाभियर स्टोक्स इक्योइसनले तरल पदार्थ र ग्यास कसरी चल्छन् भन्ने कुरा वर्णन गर्दछ।
कम्पनीका अनुसार, एआई करिब ८८ घन्टामा नै समाधानमा पुगेको थियो। एआई एजेन्टहरुले झण्डै ३० लाख म्यासेजहरु आदान प्रदान गरेका थिए। करिब १३० अर्ब टोकन प्रयोग भएकाे टेलिग्राफ ले बताएको छ।
ओपनएआईले यस नतिजालाई कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा माइलस्टोन भनेको छ तर उक्त समाधानको स्वतन्त्र रुपमा प्रमाणीकरण हुन बाँकी छ। क्ले म्याथम्याटिक्स इन्स्टिच्युटले पनि यसलाई अहिलेसम्म स्वीकार गरेको छैन्। यो समस्या मिलेनियम प्राइज प्रब्लम्स अन्तर्गत पर्छ। जसको पूर्ण समाधान प्रस्तुत गर्न सफल भएमा १० लाख अमेरिकि डलर पुरस्कार प्राप्त गर्न सकिने छ।
तर, ओपनएआईको यो दाबीले विवाद पनि निम्त्याएको छ। गणितिज्ञ ट्रिस्टन बकमास्टरले ओपनएआईले उनी र लेभेन्ट अल्पोगेनोको अनुसन्धानसँग सम्बन्धित जानकारीहरुबाट सम्भावित रुपमा आर्थिक लाभ लिन खोजेको आरोप लगाएका छन्।
ओपनएआईले यो आरोप अस्वीकार गर्दै आफ्नो प्रमाण उनिहरुको कामभन्दा फरक रहेको बताएको छ।
प्रकाशित: २५ भाद्र २०८३, बिहीबार