काठमाडौं ।
आईएफए २०२६ व्यापार मेलामा एउटा नयाँ फोनले आफ्नो अनोठो फिचरका कारण सबैको ध्यान तानेको छ। यसको मुख्य क्यामरा फोनबाट अलग गर्न सकिन्छ र छुट्टै एक्सन क्यामेराका रुपमा प्रयोग गर्न सकिन्छ।
यो युलेफोन एक्सस्न्याप ७ प्रो फोन हो।
रगवन नाम भएको छुट्टाउन मिल्ने क्यामराको तौल मात्र ३९ ग्राम रहेको छ। यसमा ६४ जीबी स्टोरेज र बिल्ट इन ब्याट्रि रहेको छ। यसले ३० एफपिएस मा अधिकतम २.७ के भिडियो रेकर्ड गर्न सक्छ। एक पटक चार्ज गर्दा करिब ४० मिनेटसम्म भिडियो खिच्न सकिन्छ।
टेलिग्राफका अनुसार यो क्यामरा फोनबाट ५० मिटरसम्मको दुरीमा प्रयोग गर्न सकिन्छ। यसमा डिस्टोर्सन करेक्सन जस्ता फिचरहरु पनि रहेका छन्। क्यामरा पानी प्रतिरोधि पनि रहेको छ। विशेष उपकरणको प्रयोग गरेर शरीरमा लगाएर पनि प्रयोग गर्न सकिन्छ।
फोनमा मिडियाटेक डाइमेन्सिटी ८ हजार ४०० प्रोसेसर, ६.६ इन्च १२० हर्ज वोएलईडी डिस्प्ले र इन्फ्रारेड नाइट भिजनका लागि छुट्टै ६४ मेगापिक्सेल क्यामरा रहेको छ।
पानी र धुलोबाट सुरक्षाका लागि आईपी६८ र आईपी६९के प्रमाण पत्र प्राप्त गरेको छ।
एक्सस्न्याप ७ प्रो सेप्टेम्बर ७ देखि बिक्रिमा आउने भएको छ। यसको प्रि अडरका लागि सुरुवाति मुल्य ७९९ यूरो रहेको छ।
प्रकाशित: २४ भाद्र २०८३, बुधबार