नाडाले बाढी पीडितका राहत कोषका लागि दियो १० लाख रुपैयाँ

  • Technology Khabar | १८ भाद्र २०८३, बिहीबार
नाडाले बाढी पीडितका राहत कोषका लागि दियो १० लाख रुपैयाँ

काठमाडौं ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी नाडाको तर्फबाट १० लाखको चेक हस्तान्तरण गरेका छन्।

भदौ १० गते केरुङ, रसुवा, टिमुरेलगायतका क्षेत्रमा आएको आकस्मिक तथा भीषण बाढीबाट प्रभावित नागरिकहरूका लागि राहत तथा पुनःस्थापनामा सहयोग पु‍र्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी नाडाले नगद सहयोग उपलब्ध गराएको हो।

यसका साथै नाडाले बाढीबाट प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा पुगेर प्रभावित नागरिकहरूको तत्कालीन आवश्यकता पहिचान गर्दै राहत सामग्रीसमेत वितरण गरिरहेको जनाएको छ।

नाडाको टोलीले सम्बन्धित क्षेत्रमा पुगेर खाद्यान्न, आवश्यक सामग्रीलगायतका राहत सामग्री वितरण गर्दै विपद्को यस कठिन समयमा प्रभावित परिवारहरूलाई सहयोग प्रदान गरिरहेको छ कम्पनीले बताएको छ।

नाडाले विपद्को यस कठिन घडीमा बाढीबाट प्रभावित नागरिकहरूप्रति ऐक्यबद्धता जनाउँदै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नगद सहयोगसँगै प्रत्यक्ष राहत तथा मानवीय सहयोगलाई समेत निरन्तरता दिइरहेको छ। प्रभावित नागरिकहरूको पीडामा साथ दिँदै आवश्यक सहयोग पु‍र्याउनु आफ्नो सामाजिक दायित्व भएको नाडाले जनाएको छ।

प्रकाशित: १८ भाद्र २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार