काठमाडौं ।
सामसङले थप १० वटा ग्यालेक्सी डिभाइसमा वन यूआई ९ को बिटा अपडेट उपलब्ध गराएको छ। यसअघि कम्पनीले ग्यालेक्सी एस २५ सिरिज (एस २५ एज बाहेक) र ग्यालेक्सी एस २४ सिरिजका लागि एण्ड्रोइड १७ मा आधारित वन यूआई ९ को बिटा अपडेट जारी गरेको थियो।
जीएसएमएरिनाका अनुसार वन यूआई ९ को बिटा अपडेट पाउने डिभाइसमा ग्यालेक्सी एस२३, ग्यालेक्सी एस२३+, ग्यालेक्सी एस२३ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड७, ग्यालेक्सी जेड फ्लिप७, ग्यालेक्सी जेड फोल्ड६, ग्यालेक्सी जेड फ्लिप६, ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए५६ रहेका छन्। सुरुवाती चरणमा अपडेटबाट छुटेको ग्यालेक्सी एस २४ एफईलाई पनि अहिले यो सूचीमा समावेश गरिएको छ।
यीमध्ये कुनै स्मार्टफोन प्रयोग गर्ने र स्थिर संस्करण सार्वजनिक हुनुअघि वन यूआई ९ प्रयोग गर्न चाहने प्रयोगकर्ताले सामसङ मेम्बर्स एपमार्फत वन यूआई ९ बिटा कार्यक्रममा सहभागी हुन सक्नेछन्। त्यसपछि फोनको सेटिङ्स > सफ्टवेयर अपडेटमा गएर बिटा अपडेट उपलब्ध भए/नभएको जाँच गर्न सकिन्छ।
प्रकाशित: १९ भाद्र २०८३, शुक्रबार