रसुवा बाढी प्रभावितहरुको जानकारी दिने उद्धार अनुरोध पोर्टल, १५ हजार मानिस अझै हराइरहेका रिपोर्ट

  • Technology Khabar | १४ भाद्र २०८३, आईतवार
रसुवा बाढी प्रभावितहरुको जानकारी दिने उद्धार अनुरोध पोर्टल, १५ हजार मानिस अझै हराइरहेका रिपोर्ट

काठमाडौं ।

नेपाल सरकारले भदौ १० गते भोटेकोशीमा आएको बाढीले प्रभावित भएकाहरुको उद्धार गर्न, बेपत्ता पारेकाहरुको खोजी गर्न उद्धार अनुरोध पोर्टलले सञ्चालनमा ल्याएको छ।

उक्त पोर्टलमा बाढी तथा विपदका समयमा परेका व्यक्तिले उद्धार तथा सहयोगका लागि आग्रह गर्न सक्ने व्यवस्था गरिएको छ। बाढीका कारण हराएका तथा फेला परेका व्यक्तिको विवरण समेत उद्धार अनुरोध पोर्टलमा दर्ता गर्न सकिने व्यवस्था रहेको छ।

यसमा सहयोग माग्न, सहयोग दिन, हराएको मानिस रिपोर्ट गर्न, फेला परेको मानिस रिपोर्ट गर्न र प्रत्यक्ष नक्सा हेर्न सकिने छ।

यस पोर्टल भित्र बाढी प्रभावित व्यक्तिले आफुलाई आवश्यक परेको सहगोगबारे जानकारी राख्न सक्नेछन्, जस्तैः आवश्यक सहयोगमा उद्धार, एम्बुलेन्स, चिकित्सकीय खाना, खानेपानी, आश्रय, यातायात, स्वयंसेबक, भारी उपकरण र अन्य सहयोग माग्न सक्नेछन्।

प्रभावित व्यक्तिले मात्र सहयोग माग्ने होइन सहयोग गर्न चाहने व्यक्ति वा संस्थाले आफुले दिन सक्ने सहयोग प्रस्ताव पनि राख्न सक्नेछन्।
जस्तैः एम्बुलेन्स, सवारी साधन, खाना, खानेपानी, औषधि, स्वास्थ्थ सेवा चिकित्सक, स्वयंसेवक आश्रय, उद्धार उपकरण भारी उपकरण र अन्य रहेका छन्।

बाढीका कारण परिवार वा आफन्तसँग सम्पर्क नभएको अवस्थामा हराएको व्यक्तिको विवरण राख्न सकिन्छ, जस्तैः नाम, उमेर, लिङ्, अन्तिम पटक देखिएको स्थान, शारीरिक विवरण, लुगा, तस्बिर, रिपोर्ट गर्नेको सम्पर्क नम्बर जस्ता विवरणहरु राखेर खोजिमा सहयोग पुर्याउन सकिनेछ।

कसैलाई बाढी प्रभावित क्षेत्रमा फेला परिएको छ तर परिवार सँग सम्पर्क हुन सकेको छैन भने फेला पारेको मानिस भनेर रिपोर्ट गर्न सकिन्छ। पोर्टलमा फेला पारेको व्यक्तिको छुट्टै सूची राखेको छ।

पोर्टलमा प्रत्यक्ष नक्सा पनि राखिएको छ। नक्सामा सहयोग अनुरोध, सहयोग प्रस्ताव, हराएका मानिस र फेला परेका मानिस जस्ता विवरणलाई स्थान अनुसार हेर्न सकिन्छ।

पोर्टलले आपत्कालीन अवस्थामा सम्बन्धित कल गर्दा नेपालको जुनसुकै ठाउँबाट उठ्ने नम्बरहरु पनि यस पोर्टलमा राखेको छ।

जस्तैः नेपाल प्रहरी १००, एम्बुलेन्स १०२, दमकल १०१, ट्राफिक प्रहरी १०३, आपतकालीन उद्धार हटलाइन १२३४, एनडीआरआरएमए ११५५ रहेको छ।

पोर्टलमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सम्बन्धी क्यूआर कोड पनि राखिएको छ। जसमा स्वदेश तथा विदेशबाट सहयोग गर्न चाहनेले आधिकारीक माध्ययमबाट सहयोग गर्न सक्ने छन्।

हालको अवस्थासम्ममा ६० वर्ष माथिका ५१४ जना ज्येष्ठ नागरिक र १८ वर्ष मुनिका ९८३ बालबालिका हराइरहेका उक्त पोर्टलमा दर्ता गरिएको छ।

४ हजार ८७४ मानिसहरु फेला परेका छन् भने १५ हजार ६५ मानिस अझै हराइरहेका छन्। ७०४ परिवारको प्रतिक्षामा रहेका छन्।

२४८ कुल सहयोग अनुरोध, ९९ कुल सहयोग प्रस्ताव, १ हजार ८२१ भेट भएर समाधान भएको छ।

प्रकाशित: १४ भाद्र २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार