बाढीको सूचना दिन मर्स्याङ्दीमा साइरन

  • Technology Khabar | १४ भाद्र २०८३, आईतवार
बाढीको सूचना दिन मर्स्याङ्दीमा साइरन
तस्बिर: गोरखापत्र

काठमाडौं ।

मर्स्याङ्दी नदी तटमा अवस्थित तालगाउँलाई अकस्मात् आउने प्राकृतिक विपत् बाट बच्न मर्स्याङ्दी नदी किनारमा साइरन जडान गरिएको छ।

पटक पटक बाढीको चपेटामा परेर लाखौँको धनमाल गुमाएका तालगाउँवासी अब विपत् आउनुपूर्व नै सूचना पाउने भएपछि खुसी भएका छन्।

मानव विकास तथा सामुदायिक सेवा केन्द्र (एचडिसिएस) ले साइरन जडान गरिदिएको हो। नासौँ गाउँपालिका-१ का अध्यक्ष मीनराशि गुरुङले साइरन जडानपछि बर्सात्‌को समयमा गाउँले ढुक्कसँग निदाउन पाएको बताए।

नासोँ गाउँपालिका-८ को धारापानीमा राखिएको यन्त्रले मस्र्याङ्दी नदीमा पानीको सतह मापन गर्ने छ। स्वचालित सो यन्त्रले मर्स्याङ्दी नदीमा खतराको सतह पार गरेको सङ्केत गर्नासाथ साइरन बज्न थाल्ने अध्यक्ष गुरुङले बताए। साइरन ताल गाउँभर सुनिने गरी राखिएको छ।

साइरनसँगै खतराको सङ्केतको सूचना मोबाइल एसएमएसबाट जाने प्रबन्धसमेत गरिएको छ। बिजुलीबत्ती गएको, नेट नचलेको स्थिति भएमा पनि कटुवालमार्फत त्यो खतराको खबर गाउँलेले थाहा पाउँछन् र उनीहरू सुरक्षित स्थानतर्फ जान सक्ने प्रबन्ध गरिएको छ।

स्वचालित यन्त्रले मर्स्याङ्दी नदीमा खतराको सतह पार गरेको सङ्केत गर्नासाथ साइरन बज्छ। साइरन ताल गाउँभर सुनिने गरी राखिएको छ।
क्षेत्रमा त्यहाँ अवस्थित माथिल्लो मर्स्याङ्दी – १ जलविद्युत् आयोजनाले साइरनको व्यवस्था गरेको छ।

ङादी, भुलभुले, खुदी, सिम्पानी क्षेत्रमा बाढीको पूर्वजानकारी दिन माथिल्लो मस्र्याङ् दी-ए जलविद्युत् आयोजनाले साइरनको व्यवस्था गरेको छ।

यसै गरी भुलभुले, खुदी, सिम्पानी, सिमलचौर, बेलौती बिसौना, चनौटे, भोटेफाँट, बेंसीसहर क्षेत्रमा सचेत गराउन मर्स्याङ्दी बैँसी जलविद्युत् आयोजनाले साइरनको व्यवस्था गरेको छ।

लमजुङतर्फ पनि मर्स्याङ्दी किनारमा रहेका बस्ती जोगाउन विभिन्न स्थानमा साइरन राखिएको छ। जगत, स्याँगे, रामबजारलगायतका
नदीमा पानीको बहाब बढ्नासाथ साइरन बज्ने र सचेत बनाउने मर्स्याङ्दीबैँसी जलविद्युत् आयोजनाका प्रबन्धक उमेश नेपालले बताए।

आयोजनाले केही दिनअघि मात्र भुलभुलेदेखि बेंसीसहरसम्म आठ किलोमिटर क्षेत्रमा तीन वटा साइरन जडान गरेको नेपालले जानकारी दिए।

आजको गोरखापत्रबाट

प्रकाशित: १४ भाद्र २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार