काठमाडौं ।
नेपाल टेलिकमका विभिन्न पदका लागि तय गरिएको लिखित परीक्षा कार्यक्रम संशोधन गरिएको छ।
लोक सेवा आयोगले नेपाल टेलिकमको पूर्वप्रकाशित विज्ञापनअनुसार २०८३/०४/०६ मा प्रकाशित लिखित परीक्षा कार्यक्रम संशोधन गरेको हो।
नेपाल टेलिकमले आज एक सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो। आयोगका अनुसार २०८३/०५/१३ गतेदेखि २०८३/०५/१७ गतेसम्म सञ्चालन हुने तय भएका पदहरूको लिखित परीक्षा अब २०८३/०५/२० गतेदेखि २०८३/०५/३१ गतेसम्म सञ्चालन हुने गरी मिति संशोधन गरिएको छ।
प्राकृतिक प्रकोपबाट उत्पन्न विषम परिस्थितिका कारण परीक्षा कार्यक्रम संशोधन गरिएको आयोगले जनाएको छ। यसअघि तय गरिएका अन्य परीक्षा कार्यक्रम भने साविककै मितिअनुसार सञ्चालन हुने जनाइएको छ।
प्रकाशित: १४ भाद्र २०८३, आईतवार