नेपाल बैंकर्स संघले भन्यो- बाढी प्रभावित क्षेत्रमा इन्टरनेट तथा सञ्चार सेवा अवरोधका कारण नियमित बैंकिङ्ग सेवा दिन चुनौती

  • Technology Khabar | ११ भाद्र २०८३, बिहीबार
नेपाल बैंकर्स संघले भन्यो- बाढी प्रभावित क्षेत्रमा इन्टरनेट तथा सञ्चार सेवा अवरोधका कारण नियमित बैंकिङ्ग सेवा दिन चुनौती

काठमाडौं ।

भदौ १० गते रसुवा लगायतका जिल्लामा आएको बाढी तथा प्राकृतिक विपद्का कारण भएको मानवीय, जनधन तथा भौतिक संरचनामा पुगेको क्षतिप्रति नेपाल बैंकर्स संघले दुःख व्यक्त गरेको छ।

संघले बाढी प्रभावित जिल्लाहरुमा कार्यरत अधिकांश बैंक कर्मचारीहरू सुरक्षित रहेको जानकारी प्राप्त भए पनी केही कर्मचारीहरूसँग हालसम्म सम्पर्क स्थापित हुन नसकेको बताएको छ।

बाढी तथा डुबानका कारण प्रभावित जिल्लाहरुमा बैंकका केही शाखाहरु समेत प्रभावित भएका छन्। त्यसका साथै विद्युत, इन्टरनेट तथा सञ्चार सेवामा आएको अवरोधका कारण प्रभावित जिल्लाहरुमा नियमित बैंकिङ्ग सेवा सञ्चालनमा समेत चुनौती देखिएको बताएको छ।

नेपाल बैंकर्स संघले सरकारसँगको सहकार्यमा राहत, उद्धार, सेवा निरन्तरता तथा पुनस्र्थापनाका लागि आफ्ना सदस्य बैंकहरूसँग समन्वय गरी आवश्यक सहयोग तथा सहजीकरणका लागि तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित: ११ भाद्र २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार