काठमाडौं ।
भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको क्षति प्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले दुःख व्यक्त गरेको छ।
रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति नाडाले दुःख व्यक्त गरेको हो।
प्राकृतिक विपद्का कारण ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय विपद्को घडीमा नाडा सदैब राज्यको साथमा उभिने छ बर्ताको छ।
उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यलाई प्रभावकारी बनाउन राज्यसँगै काँधमा काँध मिलाएर उभिनु सम्पूर्ण नागरिकको कर्तव्य हो भन्नेमा दृढतापूर्वक विश्वास ब्यक्त गरेको छ। नेपालका सम्पूर्ण अटोमोबाइल व्यवसायीहरूलाई एकबद्ध भई सहकार्य गर्दै उद्धार र राहतमा सहयोग पुर्याउन आग्रह गरेको छ।
नाडाले तत्काल राहत तथा पुनरुत्थानका कार्यमा सहयोग पुर्याउने उद्देश्यले ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा १० लाख आर्थिक सहयोग पठाउने भएको छ।
सरकार, निजी क्षेत्र, व्यवसायी तथा आम नागरिक सबैको सामूहिक प्रयासबाट प्रभावित क्षेत्रको उद्धार, राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सकिने दृढ विश्वास नाडाले लिएको छ।
प्रकाशित: ११ भाद्र २०८३, बिहीबार