बाढी प्रभावित क्षेत्रहरुमा ३ दिनका लागि एनसेलको डाटा र भ्वाइस निःशुल्क

  • Technology Khabar | १० भाद्र २०८३, बुधबार
बाढी प्रभावित क्षेत्रहरुमा ३ दिनका लागि एनसेलको डाटा र भ्वाइस निःशुल्क

काठमाडौं ।

एनसेलले बुधवार बिहान रसुवा जिल्लामा अचानक आएको भीषण बाढीबाट प्रभावित क्षेत्रहरुमा तीन दिनका लागि भ्वाइस र डाटा सेवा निःशुल्क उपलब्ध गराउने जनाएको छ।

त्यसबाहेक प्रभावित क्षेत्रका सर्वसाधारणलाई तीन दिन समयावधि रहेको १०० ओटा एसएमएस पनि निःशुल्क उपलब्ध गराउने बताएको छ।

यसले बाढी प्रभावित क्षेत्रका बासिन्दा तथा त्यहाँ रहेका सर्वसाधारणलाई एकआपसमा सहज रूपमा सम्पर्कमा रहन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

संचार सेवा निरन्तरता राख्नु महत्त्वपूर्ण हुने भएकाले एनसेलको यो पहलले प्रभावितहरूलाई परिवार तथा उद्धार टोलीसँग जोडिन सहज हुने अपेक्षा गरिएको छ।

एनसेलले विगतदेखि नै विपद्का बेला सक्रिय भूमिका खेलिरहेको र आपतकालीन खोज, उद्धार तथा राहत वितरणका काममा सहयोग पुर्याउँदै आएको उल्लेख गर्दै कम्पनीले यो निर्णय आपतकालीन अवस्थामा संचार सेवा सुनिश्चित गर्नका लागि गरिएको बताएको छ।

प्रकाशित: १० भाद्र २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार