काठमाडौं ।
आईकूले यसअघि केही ठूला ट्याब्लेट सार्वजनिक गरिसकेपछि अब सानो ट्याब्लेट बजारमा प्रवेश गर्ने तयारी गरिरहेको संकेत बाहिरिएको छ।
वेइबोमा डिजिटल च्याट स्टेशनले दिएको जानकारीअनुसार कम्पनीले जुनमा सार्वजनिक भएको रेडम्याजिक आस्ट्रा२ सँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने ट्याब्लेट ल्याउने तयारी गरिरहेको छ।
आईकूको उक्त ट्याब्लेटमा ८.८ इन्चको स्क्रिन, ‘अल्ट्रा-हाई’ रिफ्रेस रेट र चारैतिर साँघुरा बेजेल हुने बताइएको छ। यसमा मेटल फ्रेम र बिल्ट-इन कुलिङ फ्यान पनि हुने जनाइएको छ।
जीएसएमएरिनाका अनुसार ट्याब्लेटमा स्न्यापड्रागन ८ एलिट जेन ६ प्रो चिपसेट प्रयोग हुने बताइएको छ। यसबाहेक हाल यसका अन्य विवरण उपलब्ध छैनन्। थप जानकारी सार्वजनिक भएमा त्यसबारे जानकारी आउनेछ।
प्रकाशित: १० भाद्र २०८३, बुधबार