सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गर्ने सामग्री राखेको आरोपमा १९ वर्षीय युवक पक्राऊ

  • Technology Khabar | ५ भाद्र २०८३, शुक्रबार
सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गर्ने सामग्री राखेको आरोपमा १९ वर्षीय युवक पक्राऊ
सांकेतिक तस्विर

काठमाडौं ।

सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकालाई प्रलोभनमा पारी अश्लील सामग्री पोस्ट गर्दै चरित्र हत्या गर्ने तथा रकम माग गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राऊ गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोका अनुसार पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–८ का १९ वर्षीय सुदिप कटुवाल रहेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा नाबालिकासँग साथी बनेर आफूलाई प्रलोभनमा पारी अश्लील सामग्री सामाजिक सञ्जालमा पोस्ट गरी चरित्र हत्या गर्ने र रकमसमेत माग गरेको भन्दै परेको निवेदनमाथि साइबर ब्युरोले प्राविधिक विश्लेषण तथा अनुसन्धान गरेको थियो।

अनुसन्धानका क्रममा कटुवालको संलग्नता खुलेपछि साइबर ब्युरोबाट खटिएको टोलीले उनलाई भदौ ३ गते पक्राउ गरेको हो।

पक्राउ परेका कटुवाललाई काठमाडौं जिल्ला अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।

प्रकाशित: ५ भाद्र २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×