स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डे धरौटीमा रिहा

  • Technology Khabar | ५ भाद्र २०८३, शुक्रबार
स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डे धरौटीमा रिहा

काठमाडौं ।

स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति पाण्डे धरौटीमा रिहा भएका छन्। उनलाई सो मुद्दामा काठमाडौं जिल्ला अदालतले ८० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

बिहीबार भएको थुनछेक बहसपछि न्यायाधीश न्यायाधीश कमलकान्त जोशीको एकल इजलासले सीईओ पाण्डेलाई धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका सुचना अधिकारी शिव खतिवडाले जानकारी दिए।

गत बैशाख २९ गते भाग्दै गरेको अवस्थामा सिन्धुलीबाट पक्राउ परेका पाण्डेलाई सर्वोच्च अदालतले हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको थियो। त्यसबेला बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि भएको सुनुवाइमा न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्तिसिंह थापाको इजलासले पाण्डेलाई रिहा गर्न गत जेठ ६ गते आदेश दिएपछि उनी थुनामुक्त भएका थिए।

अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले स्मार्टटेलिकमको सम्पत्ति लिलामी प्रकरणमा पाण्डेसहित २२ जनालाई प्रतिवादी बनादर जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

सोही मुद्दामा यसअघि नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भुपेन्द्र भण्डारी २५ लाख रुपैयाँमा धरौटीमा रिहा भईसकेका छन्।

सम्बन्धित समाचार-

स्मार्ट टेलिकम प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भण्डारीलाई धरौटीमा रिहा गर्न यस्तो छ जिल्ला अदालतको आदेश

अदालतबाट धरौटीमा रिहा भएसँगै सीईओ पाण्डेलाई बैंकको नियमित काममा फर्कने बाटो समेत खुलेको छ।

अन्य प्रतिवादीहरु भने फरार रहेको मुद्दामा उल्लेख छ।

प्रकाशित: ५ भाद्र २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×