काठमाडौं ।
एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ ३५ लाख ९९ हजारमा सार्वजनिक गरेको छ। यो मूल्य नाडा अटो शोको समापनसम्म मात्र लागू हुनेछ।
नाडापछि यसको मूल्य ३७ लाख ९९ हजारमा कायम कम्पनीले बताएको छ। थप प्रिमियम फिचर्स चाहने ग्राहकले थप ८ लाखमा भिगो ई२ प्लस रोज्न सक्नेछन्। ई२ प्लसमा मुनरुफ र आर१८ टायर उपलब्ध रहेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै एमएडब्लू वृद्धि ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले भने, ‘भिगो ई२ को संशोधित मूल्यले नयाँ राष्ट्रिय बजेटको सकारात्मक प्रभावलाई प्रतिबिम्बित गर्छ। चुनिएका फिचर्सलाई सोचविचारपूर्वक समायोजन गर्दै हामीले भिगोको स्पेस, क्षमता र आत्मविश्वासलाई यथावत् राखेर फुल एसयूभी अनुभवलाई अझ धेरै नेपाली ग्राहकको पहुँचमा पुर्याएका छौं।’
कम्पनिका अनुुसार सर्वाधिक स्पेस अन्तर्गत भिगो ई२ मा पाँच जना सहजै बस्न मिल्ने फराकिलो क्याबिन छ, जसले पर्याप्त हेडरुम, सोल्डर रुम र लेगरुम प्रदान गर्दछ। यसको २ हजार ७१५ एमएम ह्विलबेसले यात्रुलाई थप आराम प्रदान गर्छ भने ५७२ लिटरको विशाल बुट स्पेसले पारिवारिक सामान तथा दैनिक आवश्यकताका सामग्री राख्न पर्याप्त ठाउँ उपलब्ध गराउँछ।
सर्वाधिक फिचर्स अन्तर्गत भिगो ई२ मा हिटेड तथा भेन्टिलेटेड सिट, मेमोरी सिट, एक्सटेरियर स्पिकर, नवीन ‘हेभन एन्ड अर्थ टेलगेट’ र डीजेआई-सञ्चालित एडीएएस उपलब्ध छन्। यी फिचर्सले प्रत्येक यात्रालाई थप आरामदायी, सुविधाजनक र आत्मविश्वासी बनाउने कम्पनीले जानकारी दिएको छ।
उत्कृष्ट पर्फर्मेन्स अन्तर्गत भिगो ई२ मा ५१.८७ किलोवाट–आवर क्षमताको ब्याट्री र ९९ किलोवाट मोटर जडान गरिएको छ, जसले डब्लूएलटीपी मापदण्डअनुसार ३५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। साथै, यसमा १९० एमएम ग्राउन्ड क्लियरेन्स छ र यसले १६७ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ। यी विशेषताले भिगो ई२ लाई नेपालका विविध सडक तथा ड्राइभिङ अवस्थाका लागि उपयुक्त बनाउँछन्।
कम्पनीले दावी गरे हाल नेपालभर २ हजार भन्दा बढी नामी गाडी सञ्चालनमा छन्। भिगोले मनाङ, मुस्ताङ, शुक्लाफाँटा, सल्लेरीलगायत देशका विभिन्न भूगोल र चुनौतीपूर्ण मार्गमा आफ्नो क्षमता प्रदर्शन गरिसकेको छ।
ग्राहकले शोरुम र नाडा अटो शोमा रहेको नामी स्टलमा पुगेर भिगो ई२ को प्रत्यक्ष अनुभव लिनुका साथै विशेष मूल्य ३५ लाख ९९ हजारमा आफ्नो फुल एसयूभी बुक गर्न सक्नेछन्।
प्रकाशित: ५ भाद्र २०८३, शुक्रबार