काठमाडौं ।
नेपालमा बनेको डेटिङ र सोसल प्लेटफर्म डार्लिभो अब अन्तर्राष्ट्रिय बजारतर्फ अघि बढिरहेको छ। डार्लिभोले भारतसहित अस्ट्रे लिया, अमेरिका, दक्षिण कोरिया, क्यानडा, जापान बेलायत लगायतका विभिन्न बजारमा आफ्नो अन्तर्राष्ट्रिय विस्तार अघि बढेको हो।
डार्लिभो नेपालका दुई दाजुभाइ फर्मन अलि र फरीद अलिले सुरु गरेका हुन्। नयाँ मानिसहरूसँग परिचित हुन, कुराकानी सुरु गर्न र सहज रूपमा नयाँ सम्बन्ध बनाउन सकिने प्लेटफम निर्माण गर्ने सोचबाट डार्लिभो को सुरुवात भएको हो। अहिले डार्लिभोमा ३ लाख भन्दा बढी डाउनलोड पुगेको छन्।
परम्परागत डेटिङ प्लेटफर्महरू मुख्य रूपमा स्वाइपमा केन्द्रित हुने भए पनि डार्लिभोले रियल टाइम नेयरबाई डिसकभरी,सोसल इन्टर्याक्सन, गेमिङ, म्याचिङ र कुराकानिलाई एउटै अनुभवमा जोडेको छ।
प्रयोगकर्ताले आफ्नो वरपरका मानिसहरूलाई लाइभ डिस्टेन्स सहित हेर्न सक्छन् र लुडो रोयाल, लुडो ड्यास तथा टिक–ट्याक–टो जस्ता गेम मार्फत नयाँ व्यक्तिसँग सहज रूपमा कुराकानी सुरु गर्न सक्छन्।
त्यस्तै, डाइरेक्ट एप्रोच, टिनु मोमेन्ट्स, स्पार्क, लाइक, रियाकसन र इन च्याट गेम इन्भिटेसन जस्ता सुविधाले प्रयोगकर्तालाई कनेक्सन हुने विभिन्न विकल्प दिन्छन्। टिनु मोमेन्ट्स मार्फत प्रयोगकर्ताले आफ्ना विचार, कन्फेसन तथा विभिन्न मोमेन्ट्सलाई अनाउन्स रूपमा डार्लिभो कम्यूनिटिमा सेयर गर्न सक्छन्। यसले आफूलाई सहज रूपमा व्यक्त गर्न र नयाँ कुराकानी सुरु गर्न सरल माध्यम प्रदान गर्दछ।
नेपालबाट सुरु भएको यो यात्रा अहिले विभिन्न देशका प्रयोगकर्तासम्म पुग्ने चरणमा पुगेको छ।
डार्लिभोका सह–संस्थापक फरिद अलिले भने, ‘डार्लिभो हामीले नेपालबाट एउटा सरल सोचका साथ सुरु गरेका थियौं मानिसहरूलाई नयाँ मानिससँग भेट्न र राम्रो कनेक्सन बनाउन सहज बनेको छ। आज नेपालमा बनेको प्लेटफर्म विभिन्न देशका मानिसहरूसम्म पुगिरहेको देख्दा हामीलाई निकै खुसी र गर्व लागेको छ। हामी डार्लिभोलाई विश्वभरका मानिसहरूलाई जोड्ने प्लेटफर्म बनाउन चाहन्छौँ, जहाँ कनेक्सन गै प्रयोगकर्ताको सेफ्टि र सहज अनुभवलाई पनि प्राथमिकता दिइन्छ। यसको सुरुवात नेपालबाट भएको कुरा हामी सधैं सम्झिरहनेछौं,।
प्रकाशित: ५ भाद्र २०८३, शुक्रबार