रामलक्ष्मणको विद्युतीय भोटिङ मेशिनलाई पेटेन्ट अधिकार प्राप्त

  • Technology Khabar | १ भाद्र २०८३, सोमबार
रामलक्ष्मणको विद्युतीय भोटिङ मेशिनलाई पेटेन्ट अधिकार प्राप्त
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

नेपालमा विगत १३ वर्षदेखि अनुसन्धान तथा विकास गर्दै विभिन्न चरणमा प्रयोग हुँदै आएको विद्युतीय मतदान उपकरण अर्थात् भोटिङ मेशिनले पेटेन्ट अधिकार प्राप्त गरेको छ।

‘क्यान्डिडेट आइडि बेस्ड इलेक्ट्रोनिक भोटिङ मेसिन’ शीर्षकमा विकास गरिएको उक्त प्रविधिले नेपाल सरकार, उद्योग विभागको औद्योगिक सम्पत्ति शाखाबाट पेटेन्ट अधिकार प्राप्त गरेको हो।

उक्त पेटेन्टसम्बन्धी विवरण २०८३ साउन १४ गते खण्ड ७६ संख्या २४ भाग ५ को नेपाल राजपत्रमा प्रकाशित भएको छ। राजपत्रमा प्रकाशित विवरणअनुसार नुवाकोट, बेलकोटगढी नगरपालिका वडा नं. १२ निवासी राम प्रसाद रिमाल र लक्ष्मण प्रसाद रिमालको नाममा उक्त पेटेन्ट जारी भएको हो।

‘क्यान्डिडेट आइडि बेस्ड इलेक्ट्रोनिक भोटिङ मेसिन उम्मेदवारको पहिचान नम्बर क्यान्डिडेट आइडिलाई आधार बनाएर मतदान प्रक्रियालाई विद्युतीय माध्यमबाट व्यवस्थित गर्ने प्रविधि हो। यसले मतदान प्रक्रियालाई सरल, व्यवस्थित, छिटो र प्रविधिमैत्री बनाइरहेको छ।

रामलक्ष्मणले रामलक्ष्मण इन्नोभेसन्स प्रालिमार्फत आफ्ना सूचना प्रविधि उपकरणहरु विकास र बिस्तार गर्दै आईरहेका छन्।

प्रकाशित: १ भाद्र २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार