काठमाडौं ।
काठमाडौँको भृकुटीमण्डपमा भर्खरै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चेरी वान्डाका विद्युतीय व्यावसायिक सवारीप्रति ग्राहकको विशेष आकर्षण देखिएको छ।
एक्स्पोमा चेरी वान्डाका विभिन्न मोडलमा ग्राहकको उत्साहजनक सहभागिता देखिनुका साथै सयौँको संख्यामा बुकिङ भएको कम्पनीले जनाएको छ।
‘मेहेनती हातको विश्वासिलो साथ’ ट्यागलाईनसहित एक्स्पो अवधिभर चेरी वान्डाले आफ्ना ग्राहकका लागि बिना धितो हायर पर्चेज सुविधा समेत उपलब्ध गराएको थियो। यस सुविधाले विशेषगरी व्यावसायिक प्रयोजनका लागि विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकलाई थप सहज बनाएको कम्पनीको भनाइ छ।
चेरी वान्डाका विद्युतीय सवारीहरू मन्टेश्वरीस्कुल तथा विभिन्न व्यावसायिक प्रयोजनका लागि उपयुक्त रहेका छन्। एक्स्पोमा विशेषगरी मन्टेश्वरी स्कुल सञ्चालकहरूले ११ र १२ सिटर गाडीप्रति विशेष रुचि देखाएका थिए। त्यस्तै, होटल तथा ट्राभल एजेन्सी व्यवसायीहरूले १६ सिटर विद्युतीय सवारीमा विशेष आकर्षण देखाएको कम्पनीले जनाएको छ।
नाइमा एक्स्पोको स्टल नम्बर नं १६, हल डि मा चेरी वान्डाका ११, १२, १४ र १६ सिट क्षमताका विद्युतीय व्यावसायिक सवारीहरू प्रदर्शनमा राखिएका थिए। एक्स्पोमा कुन मोडलमा कति संख्यामा बुकिङ भयो भन्ने विवरण कम्पनीले सार्वजनिक नगरे पनि समग्रमा उल्लेख्य बुकिङ तथा ग्राहकको उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ।
प्रकाशित: २ भाद्र २०८३, मंगलवार