एप्पलद्धारा चार मोडलका आइफोनको बिक्री भारतमा बन्द, इन्ट्रि लेभलको आइफोनको मूल्य बढ्यो

  • Technology Khabar | ३१ असार २०७६, मंगलवार
एप्पलद्धारा चार मोडलका आइफोनको बिक्री भारतमा बन्द, इन्ट्रि लेभलको आइफोनको मूल्य बढ्यो
आईफोन ६

काठमाडौं ।

काठमाडौं । एप्पलले आफ्ना सस्तो मूल्यका आइफोनहरुको बिक्री भारतीय बजारमा बन्द गर्ने भएको छ । कम्पनीले अब आफ्नो इन्ट्री लेभलका आइफोनहरुको बिक्री बन्द गरेसँग नयाँ इन्ट्रि लेभलको फोन थप महंगो हुने भएको छ ।

कम्पनीको भारतमा आफ्नो मूल्यलाई कायम गर्ने रणनीतिअन्तरगत कम्पनीले सो निर्णय गरेको बताईएको छ । आगामी दिनमा कम्पनीले आइफोनको संख्या भन्दा पनि त्यसको मूल्यमा ध्यान दिने बताएको छ ।

रिपोर्टअनुसार एप्पलले भारतीय बजारमा आइफोन एसई, आइफोन सिक्स, आइफोन सिक्स प्लस र आइफोन सिक्सएस प्लसको बिक्री बन्द गर्ने भएको हो । यसले भारतीय बजारमा इन्ट्रि लेभलको आइफोन किन्नको लागि आगामी दिनमा थप ८ हजार भारु तिर्नुपर्ने भएको छ ।

भारतीय बजारमा सबैभन्दा सस्तो आइफोनको रुपमा आइफोन एसई रहेको छ । अब ग्राहकहरुले इन्ट्रि लेभलको आइफोनको रुपमा सिक्सएस किन्नुपर्नेछ जसको करिब मूल्य भारु २९,५०० रहेको छ । यसअघि आइफोन एसईको मूल्य २१ हजार भारुदेखि २२ हजार भारुको बिचमा रहेको थियो ।

उल्लेखित चार मोडलका आइफोनहरु कम्पनीले बन्द गरेसँगै स्टक पनि रोकिएको छ । तर यी चार मोडलहरु भने अमेरिकामा उपलब्ध हुनेछन् ।

भारतीय बजारमा एप्पलको आइफोन बिक्री संख्यामा कमी देखिएपनि त्यसबाट हुने आम्दानीहरुमा भने सूधार भएको देखिएको छ । त्यसैले पनि कम्पनीले आफ्नो फोनको आधार मूल्य बढाएर आम्दानी र नाफा समेत बढाउन चाहेको छ ।

कम्पनीले भारतीय बजारमा आफ्नो फोन बिक्रीको संख्यालाई ध्यान नदिने बताएको रिपोर्टमा उल्लेख छ । आगामी दिनमा फोनबाट हुने आम्दानीको मात्रालाई मापन गरिने र सोहि आधारमा नयाँ निर्णय आएको हो । त्यसैगरि फेजआउट गरिएका आइफोन मोडलले कम्पनीको औसत बिक्री मूल्यलाई भारतमा बढाउने संभावनाका कारण त्यसलाई रोकिएको भनाई छ । एजेन्सी

प्रकाशित: ३१ असार २०७६, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...